Saturday, August 28, 2010

सदरमुकाम बेनीमा बधस्थल निर्माण

म्याग्दीको सदरमुकाम बेनीमा पशु बधस्थल निर्माण भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले निर्माण गरेको बहुउद्देश्यिय मैदानमा करिब ५ लाख रुपैयाको लागतमा बधस्थल निर्माण गरिएको हो ।

बधस्थल निर्माण गर्न जिल्ला पशु सेवा कार्यालयले १ लाख ५० हजार, जिविसले १ लाख, अर्थुङ्गे गाविस र म्याग्दी उद्योग वाणिज्य संघले ५०/५० हजार रुपैया लगानी गरेका छन् ।
पर्ुव अनुमान गरेभन्दा बढी काम गर्नुपरेकाले लगानी बढेको जानकारी दिँदै पशु सेवा कार्यालयका प्रमुख प्रेम शर्मा सापकोटाले बधस्थल निर्माण गर्दा लागेको ऋण तिर्न दाताको खोजी गरिएको बताउनुभयो ।

बधस्थलमा तारबार लगाउदाँ लगानी बढेको सापकोटाले बताउनुभएको छ । जिल्लाकै पहिलो सो बधस्थल सञ्चालन भएपछि उपभोक्ताले स्वस्थ्य स्थानमा बध गरेको मासु उपभोग गर्न पाउनेछन् ।

छिट्टै बधस्थल सञ्चालन गर्न पहल गरिरहेको पशु सेवा कार्यालयले जनाएको छ । यसैबिच बधस्थल सञ्चालनको लागि अर्थुङ्गे गाविसलाई जिम्मा दिने सहमति भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

म्याग्दी भदौ १२ गते ।

No comments: