Saturday, August 21, 2010

बेनी दरबाङ सडक अवरुद्ध, १६ गाविसका बासिन्दा प्रभावित

वषर्ाका कारण पहिरोले सडक पुरेपछि सदरमुकाम बेनी देखि पश्चिमी क्षेत्र दरबाङ जोड्ने बेनी दरबाङ सडक शुक्रबार देखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका १६ गाविसका बासिन्दा प्रभावित बनेका छन् ।

सडकखण्ड अर्न्तगत तातोपानी र सिमलचौरका सिमानामा पर्ने फापरखेतमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । केही दिन अघि यातायात ब्यवसायी र स्थानीय निकायको संयुक्त लगानीमा फाफरखेतमा गएको पहिरो हटाएर सडक सञ्चालन गरिएको थियो ।

सडक अवरुद्ध भएपछि यात्रुहरु तातोपानी र सिमलचौरमा गाडी परिवर्तन गरेर यात्रा गर्न बाध्य बनेका छन् । र्सवसाधारणलाई यात्रा गर्नका साथै जिल्लाको पश्चिमी क्षेत्रका १६ गाविसमा सामान ढुवान गर्न पनि समस्या परेको छ ।

यसैगरि करिब १ महिनादेखि अबरुद्ध बनेको बेनी जोमसोम सडकखण्डको बेनी तीतर खण्डको विभिन्न ठाउँमा गएको पहिरो हटाएर सडक खुलाईएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचनले बताउनुभयो ।

बेगखोलामा हिलो र तातोपानीमा पहिरो पन्छाएर सडक खुलाईएको भएपनि सरकारी निकायबाट पर्याप्त सहयोग नपाएकाले सामान्य रुपमा सडक मर्मत गरीएको अध्यक्ष भट्टचनको भनाई छ ।
'पैदल हिड्न पनि समस्या पर्ने सडकको अवस्थामा सुधार त भएको छ तर जोखिमपर्ूण्ा यात्रा गर्नुपर्ने हुन्छ' भट्टचनले भन्नुभयो ।

बेनी देखि तितर सम्म कच्ची सडकमा हिलो र पहिरोका कारण जोखिमपर्ूण्ा यात्रा गर्नुपर्ने सम्या रहेको समितिले जनाएको छ । नेपाली सेनासंग सहकार्य गरेर सडक मर्मत गर्न पहल गरिरहेको अध्यक्ष भट्टचनले बताउनुभयो ।

यसैगरी सदरमुकाम भित्रकै चोक तथा गल्लीहरूमा लेदो थुप्रिएर र्सवसाधारण र सवारी साधान आवत गर्न समस्या परेको छ ।

सदरमुकाम स्थित बेनी सामुदायीक उच्च मावि अगाडीको चोक, क्याम्पस चोक र मंगलाघाटमा अवस्थित कर्मचारी आवास गृह लगायतका ठाउँहरूमा बजारमाथिको पाखोबाट बगेर आएको लेदो र गेगरहरू थुप्रिएर आवत जावतमा कठिनाई उत्पन्न भएको हो ।

बक्तिमुनीको अध्याँरो भनेझै जिल्ला प्रशासन कार्यालय र जिविसको कार्यालय नजिकै रहेका स्थानहरुमा लेदो र गेगर थुप्रिएर र्सवसाधारण तथा सवारी साधनहरूलाई कठिनाई उत्पन्न भएपनि सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बजारका विभिन्न ठाउँमा पाखोबाट भलसंगै आउने लेदो व्यवस्थित गर्न पर्याप्त पहल नभएकाले र्सवसाधारणलाई समस्या परेको स्थानीयबासी नैनकुमार श्रेष्ठले बताउनुभयो ।

No comments: