Sunday, August 29, 2010

बिकासबाट बिनासको चिन्ता

घरनजिकै बनेको सडकमा हिउद भरी गाडी गुड्दा खुसी हुने र्सवसाधारण वषर्ाको शुरुवात सगै सडक खन्दा खलबलीएको जमिन गलेर पहिरो जानथाले पछि  चिन्तीत बन्न थालेका छन् ।

देशमा शान्ति स्थापना पछि पहाडी जिल्ला म्याग्दीमा निर्माण भएका कच्ची सडकले र्सवसाधारणलाई सुविधा संगै समस्यामा पनि पार्न थालेको ग्रामिणबासी बताउँछन् । मानवबस्ती जोखिममा पर्ने गरि सडक निर्माण गर्दा भोग्नुपरेको समस्या बारे अर्थुङ्गे बाँसबोटकी गुमा केसी भन्नुहुन्छ हिउद भरी त गाडी चडीयो बषर्ा लागे पछि धरै पहीरोले लैजान्छ की भन्ने दर छ । अर्थुङ्गेको बाँसबोट पुलाचौरको अबेचौर र पुरुण्डी हुँदै पुलाचौर जोड्ने सडक गत वर्षनिर्माण भएको थियो ।

सडक निर्माण गर्दा त्यसले वातावरणमा पार्ने प्रभाव बारे अध्ययन नगरीनु बिकासले बिनासको रुप लिनुको कारण बनेको हो । गाउँकै बिच र तलमाथि पार्ने गरी सडक निर्माण भएका छन् । ग्रामिण सडकमा नाली निर्माण र वरपर वृक्षारोपण गर्ने कामले पनि प्राथमिकता पाएको छैन् । सडक निर्माणपछि स्तरवृद्धी, मर्मत गर्ने तथा ढल र पहिरो नियन्त्रण गर्नतर्फकसैले ध्यान दिएका छैनन् । खेत बारी मासेर सडक निर्माण गरि आगनमै गाडी गुड्दा खुसीयाली मनाउने स्थानीयबासी सडक भत्कीएर पहिरो आउन थालेपछि चिन्तित बनेका हुन् । पुलाचौर अवेचौरकी भगवती पौडेल सडक निर्माणका क्रममा उपभोक्ता समितिले जनाएको प्रतिबद्धता कार्यान्वयन हुन नसकेको गुनासो गर्नुहुन्छ ।

अर्थुङ्गे बाँसबोटकी गोमा केसी र पुलाचौर अवेचौरकी भगवती पौडेल सडककै कारण समस्यामा पर्नेहरूको प्रतिनिधिपात्र मात्र हुन् । म्याग्दीमा यस्ता उदाहरणीय आवाजहरु धेरै छन् ।

ग्रामिण क्षेत्रमा डोजरको प्रयोग गरि सडक निर्माण गर्ने क्रम बढेको छ । सडक विकासका लागि आवश्यक पनि छ । गाविस र जिविसबाट बिनियोजन हुने बजेटको अधिकांश हिस्सा सडकमै लगानी हुने गरेको पाईएको छ । कतिपय ठाउँका बासिन्दाले ऋण खोजेरै भएपनि सडक निर्माण गरेका छन् । सडक निर्माण गर्दा त्यसले पार्ने प्रभाव, फाईदा र बेफाईदाका बारेमा सोच्न नपाउनुको प्रमुख कारण आर्थिक अभाव भएको बाँसबोट पुलाचौर मोटरबाटो निर्माण समितिका कोषाध्यक्ष टिकाराम परियारले बताउनुभयो ।

भिरालो भौगोलिक अवस्थिती, भिर पहरा लगायतका कारणले सडक निर्माण गर्न बढी लगानी हुने गरेको छ । प्राकृतीक विपत्तिका डरले विकासमा पछि परेर बस्नु भन्दा पनि सडक निर्माण समिति, सम्बन्धि निकाय र स्थानीयबासीले सडक निर्माण गर्नुअगावै सम्भावीत प्रकोपबाट बच्न सकिने उपाए अपनाउनु उपयुक्त देखिन्छ । यसबाट सडकका लागि भएको लगानीको सदुपयोग हुनुका साथै स्थानीयबासी पनि ढुक्क हुन सक्थे ।

प्रकास पौडेल  म्याग्दी भदौ १३ गते ।

No comments: