Friday, August 27, 2010

गिद्ध विस्थापित भएपछि मृत्यु संस्कारसमेत प्रभावित

मुस्ताङको लोमन्थाङ क्षेत्रबाट हिमाली गिद्ध विस्थापित हुन थालेपछि त्यस क्षेत्रका गुरुङ समुदायको मृत्यु संस्कार प्रभावित हुन थालेको छ ।

 हिमाली क्षेत्रमा तापक्रम वृद्धिसँगै उचित वासस्थानको अभाव हुन थालेपछि उपल्लो मुस्ताङका गिद्धहरू बसाइँ र्सन थालेका छन् ।

गिद्धहरू लोप हुन थालेपछि गुरुङ -लोवा) जातिले मृतकको शवलाई टुक्राटुक्रा पारी गिद्धलाई खुवाउने परम्परासमेत प्रभावित भएको हो । उपल्लो मुस्ताङका गुरुङ जातिका मानिसको मृत्यु भएमा लामाको निर्ण्र्ााो आधारमा पूजाविधि सम्पन्न गरी मृतकको शरीर टुक्रा बनाई गिद्धलाई खुवाउने चलन छ ।

अहिले गिद्धको सङ्ख्यामा कमी आउन थालेपछि मृत शरीरका टुक्रा गिद्धले खाई नसक्ने र मृतआत्माले र्स्वर्ग प्राप्ति गर्न नसक्ने चिन्ता उपल्लो मुस्ताङका गुरुङ समुदायमा बढ्दो छ ।

"गिद्ध एउटामात्र अन्डा पार्ने पक्षीको प्रजाति हो, गुँड बनाएर अन्डा पारी बचेरा हर्ुकाउन गिद्धलाई ९-१० महिना लाग्छ"- उपल्लो मुस्ताङका आमदुङ लोवा -गुरुङ)ले भन्नुभयो ।

"गिद्ध नै बसाइँ सरी अन्यत्र जान थालेपछि गिद्धको अस्तित्व सङ्कटमा पर्नुका साथै हाम्रो मृत्यु संस्कार पनि प्रभावित हुन पुगेको छ ।"- उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले मान्छेको शव टुक्राटुक्रा पारेर गिद्धलाई खुवाउने चलनको विकल्पको खोजी हुन थालेको छ ।

सन् २००२ देखि २००५ सम्म मुस्ताङ जिल्लाको उपल्लो क्षेत्रमा चराविद् हेमसागर बराल, कर्ण्र्ााादुर शाह र बेलायती वैज्ञानिक रिचार्ड कुथवर्ड संलग्न एक टोलीले गरेको  अध्ययनअनुसार प्रतिवर्ष३० प्रतिशतका दरले हिमाली गिद्ध लोपहुँदै गएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसैगरी क्याम्ब्रिज विश्वविद्यालयद्वारा प्रकाशित 'इन्टरनेसनल वर्ड कन्जरभेजसन जर्नल २००८' मा हिमाली गिद्ध अत्यन्त तीव्ररुपमा लोपहुँदै गएको उल्लेख छ ।

वातावरणीय दृष्टिकोणले विश्वमै गिद्धलाई मानवका लागि अत्यन्तै उपयोगी पक्षीको प्रजातिका रुपमा लिइने भए तापनि उपल्लो मुस्ताङमा भने गिद्ध गुरुङ समुदायको साँस्कृतिक र धार्मिक आस्थाको पक्षीको रुपमा समेत परिचित छ ।

मृतकलाई र्स्वर्ग पुर्‍याउने दूतका रुपमा गुरुङ समुदायमा गिद्धलाई मान्ने गरिन्छ । मृतकको शरीरलाई टुक्रा पारेर गुरुङ समुदायका पुरोहित मानिने लामाले विशेष मन्त्रद्वारा गिद्धलाई बोलाउने गर्दछन् । लामाले बोलाएपछिमात्र गिद्धहरू आउँछन् र शरीरको टुक्रा खानर्ेगर्दछन् ।

"यदि गिद्धले मृतकको शरीरका टुक्रालाई खाइसकेनन् भने गुरुङ समुदायमा त्यसलाई अपसगुन मानिन्छ"- छोन्हुप गाविसका ठुन्हेप गुरुङले बताउनुभयो ।

हिमाली क्षेत्रमा गिद्धको सङ्ख्या घट्नुको मुख्य कारण वासस्थान र आहाराको अभाव हो । गत वर्षत्यस्ा क्षेत्रमा चरासम्बन्धी अध्ययन गर्न जानुभएका सुरेश थापाले बताउनुभयो । गिद्धहरूको संरक्षणका लागि कुनै पहल हुन नसकेको चराविज्ञहरूको भनाइ रहेको छ ।

चराविद्हरूका अनुसार नेपालमा आठ प्रजातिका गिद्धहरू पाइन्छन् । तीमध्ये सेतो गिद्ध, डङ्गर गिद्ध, सुन गिद्ध र सानो खैरे गिद्ध सङ्कटाग्रस्त अवस्थामा रहेका छन् ।

हमाली क्षेत्रमा बढ्दो तापक्रममा कारण अन्डा कोरल्ने समय परिवर्तन हुँदा बचेराहरू मर्ने समस्या एकातिर छ भने अर्कोतर्फउपयुक्त वासस्थानको अभाव र आहाराको कमीले गर्दा माउ गिद्धहरू अन्डा र बचेरालाई गुँडमै छोडेर अन्यत्र बसाइँ र्सन थालेकाले गिद्धहरू हिमाली क्षेत्रबाट लोप हुँदैगएको हुनसक्ने अनुमान चराविज्ञहरूको रहेको छ ।

म्याग्दी भदौ ११ गते ।

No comments: