Tuesday, August 31, 2010

तिर्थयात्री र पर्यटक समस्यामा

गत असार महिनादेखि अबरुद्ध बनेको बेनी जोमसोम सडक सञ्चालन हुन नसक्दा तिर्थयात्री र पर्यटक समस्यामा परेका छन् ।

पहिरोले भत्काएको, पुरेको र हिलो जमेको सडक मर्मत हुन नसक्दा सडकखण्डको बेनीदेखि घाँसासम्म सवारी साधन सञ्चालन हुन सकेको छैन् ।

मुक्तिनाथ र दामोदर कुण्डमा तिर्थयात्रा गर्न हिँडेका संयौ तिर्थयात्री तथा मुस्ताङ भ्रमण गर्न जाने र त्यहाँबाट र्फकने पर्यटकहरू गाडी नचल्दा समस्यामा परेका म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।

मुस्ताङमा गाडी पुग्यो भन्ने सुनेर तिर्थयात्रामा आएका तिर्थयात्री सडकमा गाडी नचल्दा अलपत्र पर्ने गरेका छन् । छोटो समयका लागि तिर्थयात्रा र मुस्ताङ भ्रमणमा आएका उनीहरू पदैलयात्रा गर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् ।

सडकमा गाडी चढ्नु र हिँड्नु उस्तै अवस्था छ । हिलो सडकमा माथिबाट पहिरो र ढुङ्गा खस्दा पैदलयात्रा गर्नेलाई ज्यान जोगाउनै मुस्कील परेको छ । सडक खण्डको जलेश्वर, तिल्केनीचौर, घुमाउने ताल, चमेरे, बेगखोला, भुरुङ तातोपानी, रुप्से र बाँदरजुङ भिरमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।

सडकको निर्माण र मर्मत गर्दै आएको नेपाली सेनाको बेनी जोमसोम सडक निर्माण गणले पनि सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न सकेको छैन् ।

म्याग्दी भदौ १५ गते ।

No comments: