Saturday, August 21, 2010

मोवाईलको गुणस्तर सुधार गर्न टावर स्थापना

नेपाल टेलीकमले मोवाईल सेवाको गुणस्तर सुधार गर्न म्याग्दीका विभिन्न स्थानमा टावर स्थापना गरेर क्षमता बढाएको छ । सदरमुकाम बेनीमा जिएसएम मोवाईलका २ वटा माईक्रो बिटीएस र बिममा सिडिएम टावर स्थापना भएको हो ।

बेनीको क्याम्पसचोक र भिमसेनटोलमा स्थापना भएको विटीएस सञ्चालनमा आएपछि सदरमुकाम आसपासका क्षेत्रमा मोवाईलमा नेर्टवर्क समस्या समाधान भएको छ ।

त्यसैगरी बिममा सिडीएम टावर सञ्चालन भएपछि त्यस क्षेत्रका दर्ुगम कर्ुइनेमंगले, मराङ, मल्कबाङ, देविस्थान, ताकम, मुना, मुदी र लुलाङ गाविसका सिडिएमए फोन र मोवाईलका उपभोक्तालाई सुविधा पुगेको छ ।

नेर्टवर्क नआउने, फोन नलाग्ने, आवाज नसुनीने समस्या समाधान भएको स्थानीय उपभोक्ताहरूले बताएका छन् । बिममा टावर स्थापना भएपछि सो क्षेत्रका १० हजार भन्दा बढी उपभोक्तालाई सुविधा पुगेको हो ।

यसैगरी घोरेपानी र टोड्केमा पनि बिटिएस टावर स्थापना गर्ने तयारी भएको टेलीकम, म्याग्दी शाखाले जनाएको छ । सिङ्गा, पुलाचौर, बरङ्जा, कुहुँ र बाबियाचौरका उपभोक्तालाई सुविधा पुग्नेगरि विटिएस स्थापना गर्न केन्द्रिय कार्यालयमा जानकारी गर्राईएको शाखाले जनाएको छ ।

No comments: