Tuesday, August 31, 2010

पदस्थापना कार्यक्रम सम्पन्न

संयुक्त दलित अधिकार संरक्षण मञ्च म्याग्दीको दोस्रो भेला तथा पदस्थापना कार्यक्रम सोमबार बेनीमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै संविधानका सभासद् गोविन्द पौडेलले बिचार राजनिति र दलित समुदायमा चेतनाको बिकास नहुने हो भने दलीतका समस्या समाधान नहुने बताउँदै आफ्नो अधिकार उपभोग गर्नका लागि सबै सचेत बन्नुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री निर्वाचनका क्रममा राजतिनिक ध्रुबीकरण भएको बताउनुभयो । राजनितिक ध्रुबीकरण संविधान निर्माणको बाधक भएको सभासद् पौडेलको भनाई थियो । अन्य राजनितिक दलले आफ्नो पार्टर्ीीई एक्ल्याउन खोजेको बताउँदै माओवादीलाई एक्लै बनाएर संबिधान पनि बन्न नसक्ने र शान्ति प्रक्रिया पनि सफल नहुने जिकिर गर्नुभयो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पर्ूण्ा जनजाती, महिला, दलित लगायत पछाडि पारिएका वर्ग र समुदायका सभासद्हरु संगठीत हुने हो भने बहुमतका आधारमा संविधान जारी गर्न सकिने सभासद् पौडेलको भनाई छ ।

संस्थाका अध्यक्ष टेकबहादुर बिकको सभापतित्व र सचिव जगत बिकको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नागरीक समाजका अध्यक्ष र्सर्ुदशनकुमार श्रेष्ठ, नेपाली कांग्रेसका गब्बे परियार, नेकपा एमालेका सचिवालय सदस्य सन्तोष रावल, महिला मानवधिकार रक्षक सञ्जालकी अध्यक्ष रेखाकौशल रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले संविधानको प्रास्तवनामानै छुवाछुत लाई सामाजिक समस्याको रुपमा उल्लेख्ा गर्नुपर्ने बताएका थिए । भेलाले टेकबहादुर बिश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा जिवन विश्वकर्मा, चन्द्रबहादुर खाती, रुद्र कीसान, गब्बे परियार र जुद्धबिर परियार रहनुभएको छ । त्यस्तै गरी महासचिवमा जगत बिक, सचिवमा कमल बिक र कोषाध्यक्षमा बबिन बागदासले र्सवसहमतीमा चयन गरेको छ ।

म्याग्दी भदौ १५ गते ।

No comments: