Sunday, August 22, 2010

सुन पसल बन्द

नेपाल सुनचाँदी व्यवसायी संघको बन्द आव्हानका कारण म्याग्दीका सबै सुनचाँदी पसल बन्द भएका छन् ।

राष्ट्र बैंङकले सुनचाँदी आयात तथा बिक्रीबारे गरेको नयाँ व्यवस्थाले व्यवसायलाई संकटमा पार्न लागेको र मूल्य निर्धारण गर्ने अवस्था नभएको भन्दै संघले आईतबारदेखि २ दिनका लागि सुन पसल बन्द गराएको हो ।

संघको बन्द आव्हानका कारण म्याग्दीको सदरमुकाम बेनी, दरबाङ, तातोपानी, भुरुङ तातोपानी, गलेश्वर लगायत ठाउँमा रहेका साना ठूला गरि २० वटा भन्दा बढी सुनचाँदी पसल बन्द भएका छन् ।

विदेशबाट सिघै सुन आयात गर्न पनि नपाईने र राष्ट्र बैङंकले संघ मार्फ दैनिक १० किलोग्रामका दरले उपलब्ध गराउने सुनले बजारमा माग धान्न नसक्ने भन्दै संघले बिरोध गरेको हो ।

दैनिक ६ किलोग्राम सुन राजधानीमै आवश्यक पर्ने र बाँकी ४ किलोग्रामले जिल्लामा नपुग्ने भएकाले राजधानी बाहेकका व्यवसाथ धरासायी बनेको संघका जिल्ला उपाध्यक्ष अमीत बानीयाँले बताउनुभयो ।

No comments: