Monday, August 30, 2010

मकै खेतीमा कमि

लामेा समयसम्म लगातार रुपमा परेको पानीका कारण म्याग्दीको बरंजामा यस वर्षमकै उत्पादनमा कमी आउने भएको छ ।

ढिलो गरि उम्रेका मकैमा फल लागे  पनि लामो समयसम्म पानी परीरहेको कारणले गर्दा मकै वोटमै कुहिन लागेको स्थानीय कृषक दिपक खड्काले वताउनु भयो ।

आफ्नो बारीमा लगाइएको मकैको बोटमा गेडा तथा घोगाहरुमा  लगातार परेको पानीका कारण बोटमा नै कुहीन र  टुसाउन लागेकोले स्थानीय कृषकहरु चिन्तित वनेका छन् ।

मौसम परिवर्तनका कारण मकै, तथा हिउँदे वालीको उत्पादनमा कमी आएपछि खादान्न अभावको स्थिति उत्पन हुने संकेत वरङजामा देखिएको कृषकहरुले गुनासो गरेका छन् ।

म्याग्दी भदौ १४ गते ।

No comments: