Saturday, August 14, 2010

आलु कुहीए पछि कृषक चिन्तीत

भण्डारण गरेर राखेको आलु कुहीएर नष्ट हुन थालेपछि म्याग्दीको अर्मनका कृषकहरू चिन्तित भएका छन् ।

प्रमुख तरकारी बाली आलु कुहीएपछि दैनिक उपभोगका साथै अर्को वर्षा लागि विउको अभाव भएको कृषकहरूले बताएका छन् ।

किरा लागेर भण्डारण गरिएको ठाउँमै आलु कुहीएको स्थानीय खगेन्द्रप्रसाद सापकोटाले बताउनुभयो । अर्मन, किमचौर, पोक, पिपलबोट लगायत ठाउँका कृषकहरूले भण्डारण गरेर राखेको आलु कुहीएको हो ।

उनीहरुले संयौ मुरी आलु नष्ट भएपछि खोल्छामा फाल्न बाध्य बनेको बताएका छन् ।
उपभोग, विउ र बजारमा बिक्रीका लागि राखेको आलु कुहिएपछि स्थानीयबासीले लाखौ रुपैया नोक्सान व्यहोर्नुपरेको छ ।

चैत्र र असारमा आलु भण्डारण गरिएको थियो । खडेरीका कारण उत्पादन घटेर निराश बनेका कृषकलाई भण्डारण गरेको आलुपनि कुहीएपछि थप समस्या परेका हो । असारमा झरी परेका कारण कृषकले अनुकुल मौसमको अभावमा सहजरुपमा आलु भित्र्याउन पाएका थिएनन् ।

विगतका वर्षा आलु विक्री गरेर आम्दानी गर्ने कृषकले यस वर्षआम्दानीबाट समेत बञ्चित हुनुपरेको गुनासो गरेका छन् । किमचौर अर्मन गाविसको धेरै आलु उत्पादन हुने ठाउँ हो । किमचौरका एक घरमा वाषिर्क २० मुरी सम्म आलु उत्पादन हुन्छ ।

विगतका वर्षा सदरमुकाम बेनी, तातोपानी, बाबियाचौर, दरबाङ लगायत ठाउँमा आलु निर्यात गरेका अर्मनका कृषक यसवर्षघरमा उपभोग गर्ने तरकारी कहाँबाट ल्याउने भन्ने चिन्तामा छन् ।

आलुका साथै यस वर्षअर्मनमा लगाईएको घिरौला, लौका, चिचिण्डो, काँक्रो, सिमी, गोलभेँडा, फर्सर्ीीतीतेकरेला, भेण्डी लगायत तरकारी बालीमा पनि लगातारको झरीले फल लाग्न नसकेको स्थानीयबासीले बताएका छन् ।

No comments: