Saturday, August 28, 2010

म्याग्दीका सडकमा जोखिमपर्ूण्ा यात्रा

म्याग्दीका सडकमा यात्रुहरू जोखिमपर्ूण्ा यात्रा गर्न बाध्य बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रलाई जोड्ने बेनी दरबाङ र उत्तरी क्षेत्रलाई जोड्ने बेनी जोमसोमका साथै अन्य ग्रामिण सडकहरू बाढी, पहिरोले पर्ुर्ने र हिलाम्मे भएपछि यात्रा जोखिमपर्ूण्ा बनेको हो ।

बेनी दरबाङ र बेनी जोमसोम सडकका साथै वषर्ा याम सुरु भएलगत्तै बन्द भएका ग्रामिण सडकमा यातायात व्यवसायीले सवारी साधन सञ्चालन गर्न छाडेका छन् । 'सय सय मिटर दुरीमा गाडी हिलोमा फस्छ, सडकमा हिलो र पहिरो थुप्रिएको छ, यात्रा जोखिमपर्ूण्ा बनेको छ' बेनी जोमसोम सडकमा जिप चलाउँदै आएका सवारी चालक लिलाबहादुर पुनले भन्नुभयो 'सडक मर्मत नभए गाडी चलाउन सकिँदैन ।'

सरकारी निकायले सडक मर्मत गर्न ध्यान नदिएकाले जोखिम मोलेर सवारी साधन सञ्चालन गर्न नसकिने यातायात ब्यवसायीहरूले बताएका छन् । खण्ड खण्ड भएर सवारी साधन प्रयोग गर्नुपर्दा यात्रुहरूले झञ्जटीलोका साथै यातायात ब्यवसायीले बढी भाडा लिने गरेको गुनासो गरेका छन् । जिर्ण्र्ााडक अवस्थाका कारण मुक्तिनाथ हिँडेका तिर्थयात्री, मुस्ताङ जाने र आउने पर्यटक समस्यामा पर्नुका साथै मुस्ताङको प्रमुख उत्पादन स्याउ ढुवानी पनि प्रभावित हुने देखिएको छ ।

'मुस्ताङमा गाडी पुग्यो भन्ने सुनेर तिर्थयात्रामा आएका थियौ' मुक्तिनाथ दर्शन गरेर घर र्फकने क्रममा शुक्रबार बेनीमा भेटिनुभएका जनकपुरका नरेश्वर भण्डारीले भन्नुभयो 'गाडी चढ्नु र हिँड्नु उस्तै अवस्था रहेछ । हिलो सडकमा माथिबाट पहिरो र ढुङ्गा खसेर धन्न ज्यान गएन । निकै दुख पायौ ।' मुस्ताङलाई जोड्ने बेनी जोमसोम सडकमा ४ वटा र बेनी दरबाङ सडकमा २ पटक गाडी परर्ीवर्तन गराउनुपर्ने र हिलाम्मे सडकमा जोखिमपर्ूण्ा तवरले सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।

सचिव श्रेष्ठका अनुसार जिर्ण्र्ााडकमा सवारी साधन सञ्चालन गर्दा हिलोमा गाडी फस्ने र उपकरणहरूको क्षत्ती हुन थालेपछि समितिमा आवद्ध १ सय ६० जना व्यवसायी मध्ये अधिकांशले सवारी चलाउन छाडेका छन् । सवारी साधन नचल्दा यातायात ब्यवसायीले दैनिक ७ लाख रुपैया भन्दा बढी नोक्सान व्यहोर्नुपरेको समितिले जनाएको छ ।  विगतका वर्षा समितिले आफ्नै लगानीमा सडक मर्मत गरेर सवारी सञ्चालन गरेको भएपनि यस वर्षआर्थिक अभावमा गाडी चलाउन बन्द गर्नुपर्ने अवस्था आएको सचिव श्रेष्ठले बताउनुभयो ।

दर्ुइ वटा सडक मर्मतका लागि समितिले हालसम्म १२ लाख रुपैया लगानी भएको जनाएको छ । सडक मर्मत गर्दाको ऋण तिर्न बाँकी रहेको बताउँदै सचिव श्रेष्ठले भन्नुभयो 'यातायात ब्यवसायीले कहिलेसम्म बाटो बनाउँदै गाडी चलाउँदै गर्ने, सडकको स्तरवृद्धी गर्नका लागि सरकारी निकायले वास्तै गरेका छैनन् ।'

बेनी दरबाङ सडकको स्तरउन्ती गर्ने जिम्मा लिएको जिविस अर्न्तगतको डि्रलिप र बेनी जोमसोम सडक निर्माण तथा मर्मत कार्यमा संलग्न नेपाली सेनाको बेनी जोमसोम सडक निर्माण कार्यदलको वेवास्ताका कारण सडकको अवस्था जिर्ण्र्ाान्दै गएको यातायात व्यवसायी र र्सवसाधारणको आरोप छ ।

म्याग्दी भदौ १२ गते ।

No comments: