Wednesday, August 11, 2010

बेनीमा वित्तिय संस्थाको आकर्ष

पहाडी जिल्ला म्याग्दीको सदरमुकाम बेनी आर्थिक कारोबार गर्ने संस्थाहरूका लागि आकर्ष स्थल बन्न थालेको छ ।

सात महिनायता बेनीमा २ वटा वित्तिय संस्था र १ वटा बैंकले शाखा स्थापना गरेका छन् । बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैङ्क संगै बैंक तथा वित्तिय संस्थाको संख्या १२ वटा पुगेको छ ।

सोही संख्यामा रहेका सहकारी संस्थाहरूले पनि वित्तिय संस्था सरहको कारोबार गर्ने गरेका बताईन्छ । वाषिर्क २ अरब रुपैयाको अनुपातमा रेमिट्यान्स भित्रने म्याग्दीमा राष्ट्रिय स्तरका बैंक तथा वित्तिय संस्थाहरूले शाखा स्थापना गर्न थालेका छन् ।

निक्षेप संकलन र ब्यापारका लागि वित्तिय संस्थाको बेनीमा आकर्षा बढेको हो । अहिले बेनीको न्युरोडका चोक चोकमा आर्थिक कारोबार गर्ने संस्थाहरु खुलेका छन् । आर्थिक कारोबार गर्ने संस्थाहरूका लागि आकर्ष स्थल बन्न थालेको बेनीमा मंगलबार देखि सिटिजन्स बैंङकर् इन्टरनेसनल लिमिटेडले आर्थिक कारोबार गर्न सुरु गरेको छ ।

काठमाडौको कमलादीमा केन्द्रिय कार्यालय रहेको बैंङकले बेनीमा १८ औ शाखा स्थापना गरेर कारोबार सुरु गरेको हो । ३ सय ६५ दिननै खुल्ने बैंकको शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाह, रेमिट्यान्स, पोष्टपेड मोवाईल र टेलीफोनको विल भुक्तानी गर्ने लगायतका सेवाका साथै एटिएम सुविधा पनि लिन सकिने शाखा प्रबन्धक चन्द्र भुजेलले जानकारी दिनुभयो । शाखा प्रबन्धक भुजेलका अनुसार बैंकले बेनीबाटै मोफसल बचत खाता सुरु गरेको छ ।

यसैगरि नयाँ बैंकका शाखा स्थापना हुने बढ्दो क्रम संगै पुराना बैङ्क, वित्तिय संस्था र सहकारी संस्थाहरूले वित्तिय सुविधा बृद्धी संगै समय भौतीक पर्ूवाधार र संरचना मार्फ ग्राहकलाई आकषर्ीत गराउन थालेका छन् । सुरक्षा र सहज कारोबारका लागि पुराना पर्ुवाधार तथा संरचना परिवर्तन गर्न लागिएको संस्थाहरूले जनाएका छन् । केही संस्थाहरूले आफ्नै भवनबाट सेवा दिन थालेका छन भने भाडामा बस्दै आएका संस्थाहरूले पनि संरचना परिवर्तन गर्ने र नयाँ तथा सुरक्षीत स्थानको खोजी गर्न थालेका छन् । कारोबारका साथै सुरक्षाको दृष्टीकोणले पनि उनिहरुले भवन र संरचना परिवर्तन गर्न थालेका हुन् ।

बैङ्करोडमा भाडाको कच्ची घरमा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा केही माथि भिमसेन टोलमा र्सर्ने तयारीमा छ भने शाखा स्थापनादेखिनै लोकतान्त्रीक चोकमा कार्यालय स्थापना गरेर कारोबार गर्दै आएको पश्चिमाञ्चल फाईनान्स शुक्रबारदेखि नयाँ सडकमा सरेको छ । नयाँ भवनमा सरेलगत्तै कम्प्युटर मार्फ सेवा प्रदान गर्ने तयारी भएको नेपाल बैङ्क लिमिटेड बेनी शाखाले जनाएको छ । सेवा सुविधा संगै कार्यालयको संरचना, पर्ुवाधार र स्थानले पनि प्रभाव पार्ने पश्चिमाञ्चल फाईनान्सका शाखा सहप्रबन्धक गणेश पौडेलले बताउनुभयो ।   प्रतिस्पर्धाका लागि अरु संस्था सरहको संरचना बनाएका हुन् । उपयुक्त संरचना भयो भने सेवा प्रदान गर्न सजिलो हुन्छ । ग्राहकले सजिलो र सहज सुविधा हुने संस्था रुचाउँने बैंकका कर्मचारीहरुले बताएका छन् ।

सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैङ र कृषी विकास बैङ्कको बेनी शाखाले पनि यसअघिनै भवन परिवर्तन गरि सेवा सुविधा पनि थप गरेका थिए । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्था र बेनी बचतले आफ्नै भवनबाट कारोबार गरिरहेका छन भने बृद्ध बहुउद्देश्यिय सहकारी संस्था पनि आफ्नै भवन निर्माण गर्ने तयारीमा छ ।  बेनीमा केन्द्रिय कार्यालय भएको निलगिरि विकास बैङ्क, २ वर्षघिदेखि बेनीमा शाखा स्थापना गरेका माछापुच्छ्रे बैङ्क, काष्ठमाण्डप विकास बैङ्क संगै गत वर्षात्र शाखा स्थापना गरेका आईर्एमई फाईनान्स र नेपाल शेयर मार्केट वित्तिय संस्थाले पनि आकर्ष भाडाका भवनबाट कारोबार गरिरहेका छन् ।

माछापुच्छ्रे बैङ्क म्याग्दी शाखाका प्रमुख सरोज पोखरेलले आकर्ष भवनबाट ग्रामिण क्षेत्रका सेवाग्राहीले सेवा लिन अप्ठ्यारो मान्ने गरेको अनुभव सुनाउनुभयो र्। कतिपय सेवाग्राही भवनभित्र पस्नै अप्ठ्यारो मान्ने गर्छन् ।' वित्तशास्त्रका प्राध्यापक समेत रहनुभएका पोखरेलले भन्नुभयोर् व्यवस्थित संरचना भयो भने कारोबार गर्न पनि सहज हुन्छ केही सेवाग्राहीले भने असहज मान्ने गरेको पाईन्छ ।'

यसैगरी वित्तिय संस्थाहरूको सुरक्षाका लागि प्रहरीले पनि र्सतकर्ता अपनाएको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो । यसै महिनादेखि आर्थिक कारेबार गर्ने र बढी ब्यापार हुने नयाँ सडकमा नियमीत प्रहरीको उपस्थिती हुन थालेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले आर्थिक कारोबार हुने संस्था र सुनचाँची पसलहरूमा सुरक्षा सक्रियता बढाउनुपर्ने बताउनुभयो ।

No comments: