Tuesday, August 10, 2010

ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु

म्याग्दीको बाबियाचौर २ सिमलचौरमा मंगलबार बिहान भएको ट्रयाक्टर दर्ुघटनामा १ जनाको मृत्यु भएको छ भने १ जना र्घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार दर्ुघटनामा परि कुहँु ६ तुसारेपानीका १८ वषिर्य कृष्ण किसानको घटनास्थलमै मृत्यु भएको हो ।

बाबियाचौरको तोराखेतमा सामाना छोडेर फर्केने क्रममा ग १ त १२९८ नम्बरको ट्रयाक्टर फापरखेतको घुम्तीमा बिहान करिब ८.ं३० बजे दर्ुघटना भएको हो ।

घुम्ती पार गर्ने क्रममा ब्याक गर्दा ट्रयाक्टर करिब १० मिटर तल पाखोमा खसेको स्थानीयबासीले बताएका छन् । ट्रयाक्टरका चालक बरङ्जा २ बान्द्रका बिनय किसान दर्ुघटनापछि फरार भएका छन् ।

दर्ुघटनामा र्घाईते भएका बरङ्जा २ बान्द्रेका २७ वषिर्य खिमबहादुर खड्काको सदरमुकाम स्थित बेनी हस्पीटल एण्ड रिर्सच सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०६७ साउन २५ गते दिउँसो १ बजे  

No comments: