Sunday, August 22, 2010

विद्युत आपर्ूर्ति बन्द

मुस्ताङको अधिकांश स्थानमा साउनको अन्तिम साता देखि नियमित विद्युत आपर्ूर्ति हुन सकेको छैन ।

टुकुचे गाविसस्थित २ सय ४० किलोवाट क्षमताको चोखोपानी साना जलविद्युत केन्द्रको र्टवाइन ब्रि्रीएपछि मुस्ताङमा नियमित विद्युत आपूती हुन नसकेको हो ।

केन्द्रबाट १ हप्तादेखि विद्युत उत्पादन बन्द भएपछि कोवाङ, मार्फा, टुकुचे, जोमसोम, कागबेनी, झोङ र छुसाङ गाविसमा रहेका करिव चार हजार घरधुरी उपभोक्ता समस्यामा परेका छन ।

विद्युत आपर्ुर्तिमा समस्या देखिएपछि होटल, साना कलकारखाना प्रभावित भएका छन् । दैनिक ५ देखि ७ घण्टा मात्र विद्युत आपर्ुर्ति हुदाँ होटल, साइवर ब्यवसाय प्रभावित भएका मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

कम भोल्टेजका कारण बिद्युत र्सट हुने डरले व्यवसायले व्यवसाय सञ्चालन गरेका छैनन् । केन्द्र सञ्चालन गर्दै आएको स्वेत भैवर पावर कम्पनीले र्टवाइन मर्मत सुरु गरिएको जनाएको छ ।

No comments: