Sunday, August 22, 2010

ग्रामिण क्षेत्रमा कम्प्युटर शिक्षाको आकर्षा

सूचना प्रबिधीको बढ्दो प्रभावसंगै पहाडी जिल्ला म्याग्दीको ग्रामिण क्षेत्रका बासिन्दा कम्प्युटर शिक्षा तर्फआकषर्ीत भएका छन् ।

२/४ वर्षघि कम्प्युटर सिक्न हजारौ खर्च गरेर सदरमुकाम आउनुपर्ने समस्या विद्युतीकरणको सुविधासंगै हटेपछि गाउँमै कम्प्युटर सिक्न पाउँदा स्थानीय दंग परेका छन् ।

गत वर्षविद्युतीकरण भएका सिङ्गा, बरङ्जाका साथै लद्युजलविद्युत परियोजना र पेल्ट्रीकसेटबाट उत्पादीत बिद्युत सुविधा पुगेको दरबाङ, ताकम, चिमखोला लगायत गाविसका बासिन्दा कम्प्युटर शिक्षातर्फआकषर्ीत भएका हुन् ।

गाउँमै कम्प्युटर प्रशिक्षण केन्द्र खुलेपछि कम्प्युटर सिक्न हजारौ खर्च गरेर सदरमुकाम जानुपर्ने समस्या हट्नुका साथै समयको समेत बचत भएको बरङ्जा स्थित एमआइसि रोब र्राईज्ट कम्प्युटर सेन्टरमा कम्प्युटर सिक्न आएका स्थानीय महेन्द्ररत्न उच्च माविमा कक्षा ८ मा अध्ययनरत जिवन बुढाथोकीले बताउनुभयो ।

गत जेठमा स्थापना भएको सो केन्द्रबाट हालसम्म ३० जनाले कम्प्युटर सिकिसकेका छन् । ५ वटा कम्प्युटर राखेर सिकाउँदै आएकोमा प्रशिक्षार्थी को चाप बढेकालर्ेर् इन्टरनेट सहित थप तिन वटा कप्युटर थप गर्ने तयारी गरेको सञ्चालक राजु सापकोटाले बताउनुभयो ।

सञ्चालक सापकोटाका अनुसार स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक र प्रौद्धहरु कम्प्युटर सिक्न आउने गरेका छन् । उनीहरुलाई र्टाईप, कम्प्युटरका पाटपर्ूजा, पेजमेकर, एक्सल, माईक्रोसफ्ट वर्ड लगायतका विषयमा सिकाउने गरिन्छ ।

कम्प्युटर प्रशिक्षण केन्द्रहरू स्थापना हुने बढ्दो क्रमसंगै ग्रामिण क्षेत्रमा सूचना प्रविधीको पहुँच पनि अभिवृद्धी बनाएको र यसले स्थानीयबासीको पछि जिवनयापन गर्न पनि सहयोग गर्ने कम्युटर सिक्दै गरेका महेन्द्ररत्न उच्च माविका शिक्षक देवबहादुर थापाले बताउनुभयो ।

गत वर्षमात्र सिङ्गा, तातोपानी, बरङ्जा, दरबाङ र ताकममा कम्प्युटर प्रशिक्षण केन्द्र खुलेका छन भने चिमखोला, दाना, नारच्याङ, पाउद्धार, शिख, घारा, हिस्तान, वेग र नांगीमा रहेका विद्यालयले पनि कम्प्युटर सिकाउने गरिन्छ ।

No comments: