Tuesday, August 31, 2010

कबर््रस्थान अभाव

कबर््रस्थानको अभावमा म्याग्दीमा बसोबास गर्ने मुस्लीम समुदाय समस्यामा परेका छन् ।

मुस्लीम समुदायको संस्कार अनुसार मृत्युपछि कर्ब्रस्थानमा शव दाहसंस्कार गर्ने चलन रहेको छ ।
कबर््रस्थानको अभावमा समुदायका कुनै सदस्यको मृत्यु भएमा दाहसंस्कार गर्न बागलुङ पुग्नुपर्ने समस्या रहेको मुस्लीम सेवा समितिका सचिव रहमँद खाँनले बताउनुभयो ।
 
सचिव खाँनका अनुसार म्याग्दीमा सदरमुकाम बेनी, सिङ्गा तातोपानी, दरवाङ लगायतका स्थानमा करिब १ सय घरपरिवारको संख्यामा मुस्लीम समुदायको बसोबास रहेको छ ।

कबर््रस्थानको खोजी गर्दै जिल्ला बाहीर जानुपर्दा समुदायमा कमजोर आर्थिक अवस्था भएकाहरूले समस्यामा परेको गुनासो गरेका छन् ।
                
'कबर््रस्थान बनाउने ठाउँ छनौट हुन ढिलाई भएका कारण मृत शव बोकेर ३Ö४ घण्टा हिँड्नर्ुपर्छ सचिव खाँनले भन्नुभयो 'स्थानीय निकाय र सरोकारवाला निकायले प्रतिवद्धता जनाएपनि स्थान छनौट हुन समस्या परेको छ ।

जिल्ला विकास समिति र गाविसको बैठकले कबर््रस्थानका लागि प्रस्ताव गरेको स्थानमा स्थानीय समुदायको सहमति जुट्न नसकेपछि ढिलाई भएको समितिले जनाएको छ ।

जिविसका अनुसार कर्भस्थानका लागि ज्यामरुककोट हाँडीभीर र बेनी स्थित जिल्ला अस्पताल माथिको पाखो प्रस्ताव गरिएको थियो । प्रास्तावीत स्थानमा सहमति जुट्न नसकेपछि अन्य स्थानहरुको पनि खोजी गरिरहेको भएपनि टुङ्गोमा पुग्न नसकेको जिविसले जनाएको छ ।

विकल्पको खोजी गरेर स्थानीयसंग छलफल अगाडी बर्ढाईरहेका छौ स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेलले भन्नुभयो 'प्रशासनबाट पनि पहल भएकाले राजनितिक दल र स्थानीय सरोकारवालाको प्रतिवद्धता जुटाएर स्थान निश्चित गर्र्छौ ।

म्याग्दी भदौ १५ गते ।

No comments: