Wednesday, August 25, 2010

पुजा गर्ने मठमन्दिर डेटिङ स्थल वन्न थाले

आधुनिकता संगै सांस्कृतीक र धार्मीक महत्वका सम्पदाहरू संरक्षण बिहीन बन्दै गएका छन् । ग्रामिण क्षेत्रमा रहेका मठमन्दिर, पाटीपौवा र ऐतिहाँसीक स्थलहरूको प्रचार प्रचार त कमै भएका छन त्यसमा पनि तिनको संरक्षणमा कसैले ध्यान दिन सकेका छैनन् ।

पहिले पहिले पुजाआजा गर्न जाने मठमन्दिर अहिले डेटीङ स्थल बन्न थालेका छन् । म्याग्दीमा धेरै धार्मीक तथा ऐतिहाँसीक महत्वका मठमन्दिरहरु रहेका छन् । वाईसे चौवीसे राज्य सञ्चालन भएका ज्यामरुककोट, ढोलथान, ताकमकोट लगायतका चर्चित ऐतिहाँसीक स्थलहरू त परै छाँडौ सदरमुकाम भित्रकै र आसपासका क्षेत्रमा रहेका मन्दिरहरू पनि असुरक्षित हुन थालेका छन् ।

मर्ुर्ति, घण्टा र पौराणीक हातहतियारहरू संरक्षणको अभावमा हराउने क्रम बढ्दो छ । जसको गतिलो उदाहरणको रुपमा लिन सकिन्छ सदरमुकाम नजिकै पुलाचौर स्थित भगवती मन्दिर । यो मन्दिरमा रहेका खुँडा, ढाल, तरवार जस्ता ऐतिहाँसीक महत्वका हातहतियार हराउन थालेका छन् । गाविस भवन परिसरमा रहेको मन्दिर संरक्षणको पर्खाइमा छ । मन्दिर र त्यहाँका सम्पदा संरक्षण गर्न बनेको समिति नाममा मात्र सिमित छन् । समितिकै निष्क्रीयताका कारण यस्ता अवस्था आएको स्थानीय समाजसेवी गणेशबहादुर हमाल गुनासो गर्नुहुन्छ ।

पुलाचौरको ४ नम्बर वडामा रहेको भगवती मन्दिर त एउटा उदाहरण हो । म्याग्दीमा यस्ता मन्दिरहरू छन । मन्दिरहरू जिर्ण्र्ाान्दै गएका छन् । मन्दिरका सामान चोरी हुने क्रम बढेपछि तीनको महत्व के प्रश्न खडा भएको छ । चोरी भएका हातहतियारको विभिन्न आपराधीक क्रियाकलापमा पनि प्रयोग हुने गरेको स्थानीयबासीहरू बताउँछन् । मन्दिर र ऐतिहाँसीक कोटबाट हराएका हतियार खोजी गर्न अझ सम्म कसैले पनि चासो देखाएको पाईदैन । यसरी धार्मीक तथा ऐतिहाँसीक स्थलका सम्पदा हराउदाँ भोलीका सन्ततीहरूका लागि यो एकादेशको कथा पनि बन्न सक्छ ।

धार्मीक, पर्यटकीय स्थल र त्यहाँ रहेका सम्पत्तीहरूको संरक्षण गर्नु समाजका सबै तह र तप्काका व्यक्तिहरूको दायीत्व हो । सांस्कृतीक सम्पदाको संरक्षणका लागि सरकारी निकायको मात्र मुख ताकेर बन्नु भन्दा पनि स्थानीय पनि जागरुक बन्न आवश्यक छ ।

No comments: