Monday, August 23, 2010

स्वाद जस्तौ मिठो छ चटपटको कमाइ

चनाचटपटको व्यवसायबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ भन्दा धेरेलाई पत्यार नलाग्न नलाग्न सक्छ !

परिश्रम र जाँगर गर्ने प्रवृती घट्दा बेरोजगारी समस्या बढीरहेको समयमा चनाचटपट व्यवसाय राम्रो आयस्रोतको माध्यम बनेको छ । 'मह काढ्नेले हात पनि चाट्छ भनेझै सहरबजारका चोक गल्लीमा ठेलामा चटपट बिक्री गरेर मासिक हजारौ रुपैया आम्दानी गर्ने गरेको व्यवसायीहरू बताउँछन् ।
भारतको बिहारबाट बेनी आएर चटपट व्यवसाय गर्दै आउनुभएका प्रदिप प्रसाद गुप्ता  चटपटको ब्यवसायसंगै समाजले गर्ने व्यवहार प्रति पनि गुप्ता सन्तुष्ट हुनुहुन्छ । चटपट व्यवसायबाट हुने आम्दानी नेपालीले बिदेशमा गएर गर्ने आम्दानी भन्दा कम छैन् । अधिकांश नेपालीहरू भने आफ्नै ठाउँमा भएको रोजगारीको सम्भावनाको उपभोग गर्न लाज मान्ने गरेका छन् ।

डेड वर्षेखि बेनीमा चटपट व्यवसाय गर्दै आउनुभएका गुप्ताले आफूलाई कसैले नराम्रो व्यवहार नगरेको अनुभव सुनाउनुभयो । चटपटको व्यवसायले गुप्ताले आफ्नो जिविकाका साथै घर्रखर्च चलाएर बचत पनि गर्ने गर्नुहुन्छ । बेनीमा करिब १२ जनाले चटपट व्यवसाय गर्दै आएका छन् । उनीहरु सबै भारतीय नागरीक हुन् ।

केही समययता युवा युवती, कर्मचारी देखि पौद्धहरुमा चटपटको स्वादसंगै समय मिलाएर साथिभाई भेटघाट गर्ने, रमाईलो गर्ने चलन बढेको छ । बिषेश गरेर ढल्कीदो साँझसंगै बेनीका क्याम्पसचोक, न्युरोड, हुलाकचोक, भिमसेनटोल, बालमन्दीर चोक, दुरसञ्चारचोक लगायतका ठाउँमा चटपट खानेको भिडनै लाग्ने गरेको छ ।

भिजाएको चना, केराउसंगै भुजीया, कागती, नुन खर्ुसानी, दालमोद लगायतका सामाग्रि एकै ठाउँमा मिसाएर बनाईने चटपटको स्वादले ग्राहकलाई लोभ्याएको छ । चटपट पारखीहरूले यो व्यवसायबाट राम्रो आम्दानी हुने थाहा भने नपाएका होइनन् । तर उनीहरुको मनमा डर छ समाजमा कसैले कुरा काट्ने हो की भन्ने -

लाज र समाजको डरले देशभित्र परिश्रम गर्न छाडेर विदेशी भुमीमा रोजगारीको लागि जानुभन्दा देशभित्रकै संम्भावनाको उपभोग गर्न सकेमा नेपालमा स्वरोजगार बढाउन पनि सकिन्छ । साथै नपत्याउने तरिकारले बिदेशीने वाषिर्क करोडौ रुपैया पुँजी पलायनको समस्यालाई पनि रोक्न सकिन्छ ।
सुरत केसी     म्याग्दी भदौ ७ गते ।

No comments: