Saturday, August 28, 2010

विस्थापित हुने खतरामा खच्चड व्यवसाय

कुनै वेला पहाडि जिल्लाको ट्रक भनेर चिनिने खच्चड पछिल्लो समयमा देख्न पनि चिज हुदै गएको छ । बेनी बजारमा भएका उद्योग तथा पसल देखि सामान ढुवानी गर्ने गतिलो माध्यम थियो खच्चड । तर, विकासको गति संगै बग्रेल्ती बनेका सडकमा गाडि गुड्न थालेपछि खच्चडहरु कुना पर्दै गएका छन् ।

 पहाडि मात्र हैन हिमाली भेगमा पनि खच्चड सामान ढुवानीको गतिलो माध्यम थियो । म्याग्दी मुस्ताङ्ग लगाएत नेपालका प्रायजसो पहाडि तथा हिमाली जिल्लाहरुमा खच्चडको प्रयोग निकैनै गरिने गरिथ्यो ।

हिउँदको मौसममा घरमै थन्क्याएर राखीएका खच्चडहरु बषर्ात्को समयको सुरुवात संगै सडकमा घण्टी बजाउदै हिड्न थालेका छन् । नेपालका ग्रामीण भेगमा निर्माण भएका प्रायजसो सडकहरु हिउदको याममा मात्र सञ्चालन हुने र बषर्ात्को समयमा असार देखि असोज सम्मको अवधिमा सवारी सञ्चालन नहुने समस्या खच्चड व्यवसायका लागि बरदान सावित भैदिने गर्छ ।

१२ बर्षदेखि बेनी बजार देखि विभिन्न गाउ तथा मुस्ताङ्ग सम्म पनि खच्चडमा सामान ढुवानी गर्ने पेशालाई अंगाल्दै आएका बाटु परियार अहिले सवारिसाधनको विकासले खच्चड व्यवसायलाई कुनापार्दै गएको गुनासो गर्नेहुन्छ ।

हिमालापारिको जिल्ला मुस्ताङ्गमा केही बर्षपहिला सम्म मानिसको स्तर मापनको गतिलो माध्यम थियो घरमा बाँधिएका घोडा, खच्चड र उसको घरको छानामा रहेको दाउराको चाङ्ग । तर अहिले त्यो परिभाषा फेरीएको छ  । अहिले गाडिको प्रयोगमा भएको बृद्धिसंगै मुस्ताङ्गमा पनि खच्चड व्यवासय संकटमा पर्दै गएको छ । मुस्ताङ्गमा रहेको यातायातको भरपर्दो माध्यम हवाइ यातायातले पनि खच्चडलाई विस्थापन गरेको छ । हवाइ यातायात मार्फ पर्यटक तथा सामान सोझै जोमसोम पुग्ने गरेकाले खच्चडलाई बोकाउने भारी नपाइने व्यवासायिक् बताउछन् ।

पछिल्लो समय १० दिन देखि भएको हवाइ सेवा अवरुद्धले मुस्ताङ्गका खच्चड व्यवासायीलाई केही राहत मिलेको छ । गरीवीको पिडामा जकडिएको हाम्रो देशमा गरिव समुदायहरु निर्भर रहने गरेको खच्चड व्यवसाय यातायातको साधन र सडकको विस्तार संगै विस्थापनको खतरामा पर्दै गएको छ ।

म्याग्दी भदौ १२ गते ।

No comments: