Tuesday, August 31, 2010

माईन जोखिम न्युनीकरण तालीम

सोमबार बेनीमा एक दिने माईन जोखिम न्युनीकरण सम्बन्धि तालीम सम्पन्न भएको छ ।

युनीसेफ र नेपाल प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आयोजना गरेको तालीममा प्रहरी, पत्रकार र नागरीक समाजका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

तालीममा माईन र बिस्फोटक पदार्थ बाट बच्न सकिने उपाए, व्यवस्थापन, प्रहरीको भुमीका, नेपालमा यस्ता दर्ुघटनाको सम्भावना लगायतका विषयमा प्रहरी निरिक्षक महेन्द्र बिक र प्रहरी सहायक निरिक्षक तेजेन्द्रबहादुर सेनले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी र नागरीक समाज म्याग्दीका संयोजक र्सर्ुदशन कुमार श्रेष्ठले द्धन्द्धकालपछि पनि माईन र बिस्फोटक पदार्थबाट धेरैले ज्यान गुमाएको बताउँदै यस्ता दर्ुघटनाबाट बच्न सचेतनाको आवश्यकता रहेको बताउनुभयो ।

माईन र बिस्फोटक पदार्थबाट हुने जनधनको क्षत्ती न्यूनीकरण गर्न सबै प्रहरर्ीर् इकाई र जनस्तरसम्म सचेतना तालीम सञ्चालन गरिने प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।

प्रनाउ भट्टले  माईन, बिस्फोटक पदार्थ तथा कुनै संकास्पद पदार्थ भेटीएमा सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।

म्याग्दी भदौ १५ गते ।

No comments: