Saturday, August 28, 2010

द्धन्दपिडित र सरोकारवाला निकायविच अन्तरक्रिया

सर्त्कर्म नेपालको आयोजनामा वेनीमा शुक्रबार द्धन्दपिडित र सरोकारवाला निकायविच अन्तरक्रिया तथा सञ्जालिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित अधिकाशं पिडितले सरकारले उपलव्ध गराएको सुविधा उपभोग गर्न नपाएको गुनासो गरेका थिए । राहत तथा सुविधामा केही टाँठाबाठाको मात्र पहुँच पुगेको भन्दै सहभागिले सूचनाको अभावमा वास्तविक पिडितको सुविधा उपभोग गर्नबाट बञ्चित भएको गुनासो गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रस अर्थु‹े गाउँ इकाई समितिका सभापति अनोद श्रेष्ठ र नेकपा एमाले अर्थुङ्गे गाउँ इकाई कमिटिका अध्यक्ष वेलबहादुर कटुवालले द्धन्द पिडितलाई न्याय दिलाउन पहल गर्ने बताउनुभयो ।

सो कार्यक्रममा जगतनारायण गौचनको अध्यक्षतामा दश सदस्यीय द्धन्दपिडित अधिकार समाज गठन भएको छ । समाजको उपाध्यक्षमा खिम वहादुर कार्की, सचिवमा हरिनारायण सुवेदी र कोषाध्यक्षमा मनकुमारी शर्मा रहनुभएको छ ।

समाजका अन्य सदस्यहरूमा पर्ूण्ाबहादुर बानीया, हिमबहादुर खत्री, भिमबहादुर रिजाल, रहमद खाँन, ओमकुमारी श्रेष्ठ, र राधिका रेग्मी रहनुभएको छ ।

संस्थाका अध्यक्ष सिताराम थापाको सभापतित्व र जिल्ला अधिकृत आकांक्षा रिजालको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाकी नानुमाया थापाले स्वागत गर्नुभएको थियो ।

म्याग्दी भदौ १२ गते ।

No comments: