Tuesday, August 10, 2010

कुखुरा ब्यवसायमा आर्कषण बढ्दो

म्याग्दीमा कुखुराको मासु खपत हृवात्तै बढेपछि जिल्लाका कृषकले ब्यवसायीक रुपमा कुखुरा पाल्न थालेका छन् ।

बेनी कुखुरा ब्यवसायी संघका अनुसार अघिल्लो वर्षो तुलनामा यसवर्षकुखरा पाल्ने कृषक संख्या दोब्वर भएको छ । संघका अनुसार जिल्लाका ४५ कृषकले ५५ हजार माशुको लागी र १० हजार अण्डाकोलागी कुखुरा उत्पादन गर्ने क्षमता राख्दछन् । जिल्लामा दैनिक २० टन कुखुराको माशु र ८ हजार अण्डा व्रि्री हुने गरेको छ । कुल मागको ६० प्रतिशत मात्र जिल्लाको उत्पादनले थेग्ने गर्छ ।

कृषकको फारममा जिउदो कुखुराको प्रतिकिलो एक सय ५० रुपैया मुल्य भएपनि पसलमा प्रतिकिलो २ सय ८० रुपैयामा ब्रि्री हुन्छ । बर्खाको समय छ, सवै सडकमा पहिरोले दाना ढुवानीमा अवरोध पुगेको छ । तर कृषकले कुखुराको मुल्य पाउन सकेका छैनन् । माशु ब्यापारीबाट पनि कुखुरा ब्यवसायी शोषित भएका छन्' बेनी डम्बराका कुखुरा ब्यवसायी कृष्ण बानियाले बताएनु भयो ।

कुखुरा ब्यवसाय तर्फआकर्षा बढेपनि माशुको तुलनामा जिउंदो कुखुराले मुल्य नपाएको गुनासो कृषकले गरेका छन् । बधशाला नहुंदा माशु पसलमा रहेको माशु सफा नहुने, पानी मिसाउने, तथा बासी माशु मिसाएर बेच्ने गरेको गुनासो उपभोक्ताले गरेका छन् ।

श्रम कम तर नाफा बढी भएकोले कृषकको कुखुरा ब्यवसाय तर्फआर्कषण बढेको हो, दर्ुगम भएपनि म्याग्दी लाहुरे संस्कृति भएको जिल्ला भएकोले माशुको खपतपनी बढी छ ' जिल्ला पशु सेवा कार्यालयले पनि कृषककालागी सहुलियत मुल्यमा कुखुराको चल्ला, भ्याक्सीन तथा टेक्निकल सहयोग गर्ने गरेको छ ।

अव म्याग्दीको कुनैपनि गाउमा तपाई पाहुना बन्न पुग्नु भएको छ भने तपाईलाई आतिथ्यता प्रदान गर्ने लर्ेयर्स वा बोईलर कुखुराको माशु सहज र सजिलो विकल्प हो' घोडेपानीका पर्यटन ब्यवसायी डमबहादुर पुनले बताउनु भयो । स्थानिय प्रजातिका कुखुरा लोपउन्मुख अवस्थामा पुगेको ब्यवसायीको दावी छ ।

जिल्लाको विकट  ग्रामिण क्षेत्रमा तथा मुस्ताङ्ग जिल्लामा यहीं उत्पादन भएका कुखुराहरु खच्चड र भरियालाई बोकाएर ढुवानी गर्ने गरिन्छ । बगरफाट, पारीवेनी, खवरा, डम्बरा, अर्मन, तिप्ल्याङ्ग आदी क्षेत्रमा माशुकोलागी कुखुराको उत्पादन हुने गरेको छ । सदरमुकाम क्षेत्रमा बोईलर र ग्रामिण भेगमा लर्ेयर्स कुखुराबढी व्रि्री हुने गरेको छ ।

No comments: