Saturday, August 21, 2010

वेपत्ता महिलाको शव फेला पर्‍यो

मुस्ताङको कोखेठाँटीमा शुक्रबार साँझ भएको मोटरर्साईकल दर्ुघघटनामा परि कालिगण्डकी नदिमा वेपत्ता भएकी महिलाको शव शनिबार भेटीएको छ ।

मोटरर्साईकल सहित कालिगण्डकीमा खसेर वेपत्ता भएकी कुञ्जो गाविस १ की ५५ वषिर्या तेजकुमारी गौचनको शव दर्ुघटना स्थलभन्दा १ सय मिटर तल भेटीएको जिल्ला प्रहरी कार्यालय, मुस्ताङले जनाएको छ ।

सदरमुकाम जोमसोमदेखि कुञ्जो गाविसतर्फजाँदै गरेको ग २ प ३१५९ नम्बरको मोटरर्साईकल सडकदेखि २० मिटर तल कालिगण्डकी नदीमा खसेको थियो ।

मोटरर्साईकल चालक कोवाङ गाविस लार्जुङका ४५ वषिर्य सोवित शेरचन भने पौडीएर बाँच्न सफल भएको प्रहरी निरिक्षक जगतबहादुर कार्कीले जानकारी दिनुभयो ।

No comments: