Saturday, August 14, 2010

एमाले मुस्ताङ अधिबेशन शुरु

नेकपा एमाले मुस्ताङको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्र सदरमुकाम जोमसोममा सम्पन्न भएको छ ।

एमाले केन्द्रिय अनुशासन निरिक्षण कमिटिका सभापति अमृतकुमार बोहोराले अधिवेशनको उद्घाटन गर्दै अहिलेको अवस्थामा बहुमतीय सरकारको सम्भावना नभएकाले सहमतिय आधारमा सरकार गठन हुनुपर्ने बताउनुभयो ।

सभापति बोहोराले पार्टर्ीीत्र अनुशासन हिन क्रियाकलाप बढ्न थालेकाले त्यस्ता पार्टर्ीीनती विपरीतका क्रियाकलाप गर्नेलाई कारबाही गरिने पनि बताउनुभएको थियो ।

त्यसैगरी एमाले प्लीटब्युरो सदस्य प्रदीप ज्ञवालीले सहमतिय आधारमा नभए पनि बामपन्थिहरु मिलेर बहुमतीय सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन सत्रमा बैकल्पीक प्लीटब्युरो सदस्य तथा धौलागिरर्ीर् इञ्चार्ज श्रमिाया थकाली, केन्द्रिय सदस्य गणेश तिमिल्सीना, कल्पना चापागाई, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष हिरा केसी, एकिकृत नेकपा माओवादी मुस्ताङकार् इञ्चार्ज कृष्णप्रसाद पराजुली, नेपाली कांग्रेसका जिल्ला सचिव आङजेन गुरूङ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशन एमाले जिल्ला सचिव चन्द्रमोहन गौचनको सभापतित्व, सभासद् चन्द्रबहादुर गुरुङको स्वागत मन्तव्य र सदस्य आशबहादुर थकालीको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।

त्यसैगरी शुक्रबार साँझ भएको एक भेलाले महेन्द्र थकालीको नेतृत्वमा ३९ सदस्यीय युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक कमिटि मुस्ताङ गठन गरेको छ । कमिटिको उपसंयोजकमा तेजेन्द्र गौचन र सचिवमा बिजय थकाली रहनुभएको छ ।

युवा भेलालाई एमाले प्लीटब्युरो सदस्य प्रदिप ज्ञवाली, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष हिरा केसी, केन्द्रिय सदस्य देवेन्द्रराज पाण्डे, सन्तोष रावल, युवा संघ म्याग्दीका अध्यक्ष कृष्ण बिक, म्याग्दी बहुमुखी क्याम्पस स्वीयु सभापति भिमबहादुर क्षेत्री लगायतले प्रशिक्षण दिनुभएको थियो ।

No comments: