Monday, August 16, 2010

सहकारी संस्था र रेमीट्यान्सको कारोबार गर्ने संस्थामा चोरी

सदरमुकाम बेनीमा आर्थिक कारोबार गर्ने संस्थाहरूको आकर्षा बढीरहेका समयमा ती संस्थाहरूको सुरक्षामा चुनौती थपिएको छ ।

आर्थिक कारोबार गर्ने संस्थ्ााहरूलाई लक्षीत गरेर प्रहरीले सक्रियता बढाएपनि आईतरबार राती बेनीको १ वटा सहकारी संस्था, एक वटा सुन पसल र १ वटा रेमिट्यान्सको कारोबार गर्ने संस्थामा चोरी भएको छ ।

पिपलचोकमा रहेको रिहगाद बहुउद्देश्यिय सहकारी संस्था, क्याम्पस चोकको बिनोद सुनचाँदी पसल र नयाँ सडकको नेशनल मनि ट्रान्सफर तथा कम्प्युटर सेन्टरमा चोरी भएको हो । रातको समयमा ढोका फोडेर चोरी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार मनि ट्रान्सफरबाट ५९ हजार ६ सय १० रुपैया, सुनचाँदी पसलबाट डेढ तोला सुन र सहकारी संस्थाबाट ७ हजार ३ सय रुपैया चोरी भएको छ ।

चोरीमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत महेन्द्र बिकले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा पनि बजारमा चोरी गर्ने समुहनै सो कार्यमा संलग्न भएको अनुमान गरिएको छ ।

एक महिनायता बेनीको न्युरोडमा प्रहरीले उपस्थिती बढाएको थियो । उद्योगी व्यवसायी तथा आर्थिक कारोबार गर्ने संस्थाहरुले प्रहरीलाई आर्थिक कारोबार हुने क्षेत्रमा निगरानी बढाउन अनुरोध गरेका छन् ।

No comments: