Tuesday, August 17, 2010

राहुघाट सुरु गर्न भारतको ताकेता

उर्जा मन्त्रालय अर्न्तगत भारतीय सहयोगमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनाको निर्माण सुरु गर्न आश्यक पर्ने सम्पर्ूण्ा प्रक्रिया तीन महिनाभित्र सम्पन्न गर्न भारतले ताकेता गरेको छ ।

भारतीय राजदूत राकेश सुदले गत हप्ता अर्थसचिव रामेश्वर खनाल र उर्जासचिव शंकरप्रसाद कोईरालालाई पत्र पर्ठाई ३० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गर्ने आवश्यक पर्ने सम्पर्ूण्ा प्रक्रिया तीन महिनाभित्र सम्पन्न गर्न ताकेता गर्नुभएको हो ।

भारतीय दुतावासले भारतको सहयोगमा निर्माण हुन लागेका राहुघाट र ढल्केवर मुजफरपुर प्रशारण लाईनको प्रगतीको बारेमा चासो देखाएको छ । भारत सरकारले यी २ आयोजना लागि लागि करिब ३ अर्ब ३१ करोड रुपैया ऋण तथा सहुलियत कर्जा प्रवाह गर्ने नेपाल सरकार सँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसारको रकम नेपाल सरकारले खर्च गर्न नसकेपछि भारतले ताकेता गरेको हो । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको राहुघाटमा करिब साढे २ अर्ब सहुलियत ऋण रहनेछ । कुल अनुमानीत लागत करिब ५ अर्ब ४० करोड रुपैयाँ रहेकोमा भारतीय ऋण बाहेक थप लगानीको टुंगो नलाग्दा आयोजनाको वित्तीय स्रोतको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन् ।

तीन वर्षम्म पनि सम्झौता अनुसारको रकम प्रवाह गर्न नपाएकोमा आश्चार्य प्रकट गर्दै भारतले उल्टै आयोजनाको वित्तीय व्यवस्थापनमा प्रश्न चिह्न खडा भएको जनाएको छ । आयोजनाका प्रमुुख राजिव शर्माले मुख्य संरचना निर्माणका लागि ठेकेदार छनोटका लागि प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।

'निर्माणस्थलको जग्गा मुआब्जाका विषयमा स्थानीय बासिन्दासँग समयमै सहमति हुन नसक्दा केही काममा ढिलाई भएको हो' शर्माले भन्नुभयो 'स्थानीयसँग सहमति भएकाले निर्माणकार्य अब त्रि्ररुपमा अघि बढ्छ ।' आयोजनाले गत हप्ता अध्रि्रहण हुने जग्गाको मुआब्जा वितरण गर्न सुरु गरेको थियो ।

No comments: