Wednesday, August 25, 2010

गरिबिले बनायो जोखिमपर्ूण्ा काम गर्न बाध्य

गरिबीका कारण नेपालीहरू ज्यानलाई जोखिममा राखेर मजदुरी गर्न बाध्य छन् । यसका गतिलो उदाहरण म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा भेटीने मजदुरहरू हुन् । जसले आफ्नो जिविकाका लागि उर्लदो वर्षो भेलसंग संर्घष्ा गरिरहेका छन् ।

पुरुषहरु त परै छाँडौ बच्चाका आमा र बालबालीका का लागि खोला भित्र पसेर निकालेको बालुवा बेचेर भएको आम्दानी बिहान बेलुकी हातमुख जोर्ने माध्यम बनेको छ । कालिगण्डकी किनारमा बालुवा निकाल्दै गरेकी पर्वत माझफाँटकी तारा पुन यस्तो काम गर्नु रहर नभएर बाध्यता भएको दुखेसो गर्नुहुन्छ

आधिकारीक तथ्याङ्क नभएपनि सदरमुकाम आसपासका नदि किनारमा मजदुरी गर्ने महिला श्रमीकहरूको संख्या कम छैन् । १ बोरा बालुवालाई २५ रुपैयाको दरले बेचेर भएको आम्दानी यीनीहरुका लागि हातमुख जोर्ने माध्यम बनेको छ । बचेखुचेको रकम स्वास्थ्य उपचार र चाडबाड मनाउनै ठिक्कै भएपछि उनीहरुका बालबच्चा पनि पढ्न छाडेर बाबुआमासंगै मजदुरी गर्न जान्छन् । पाखुरीको बलमा काम गर्दा त उनीहरु सन्तुष्टनै हुन्छन तर बिरामी पर्दा अथवा अन्य कुनै कारणले काम गर्न नपाउँदा उनीहरु भोकै बस्नुपर्ने बाध्यता आउँछ ।

रोजगारीको अन्य कुनै विकल्प नभएपछि विपन्न वर्गका महिला र बालबालीका मजदुरी गर्न बाध्य छन् । शरिरले नसके पनि र मनले नचाहेर पनि उनीहरू छेउमा ढुधे बालबच्चा राखेर गिट्टी कुट्ने, घर ढलान गर्ने, गाडीमा सामान लोड अनलोड गर्ने, बालुवा निकाल्ने लगायतका काम गर्नर्ुपरेको गुनासो गर्छन् । मजदुरी गर्ने भन्दा पनि उनीहरूसंगै रहने बालबच्चा को अवस्था अझै जोखिमपर्ूण्ा रहेको छ ।

नदी किनार माथि रहेको बेनी बजारमा आयोजना हुने सभा, सम्मेलन र गोष्ठिहरू निकै गरिव, विपन्न र पछी परेका वर्ग र महिलाका विषयमा चर्को बहस हुने गरेपनि उनीहरूलाई त्यसले छोएको छैन् । औपचारीक कार्यक्रम औपचारीकतामै सिमीत बनेका छन कार्यक्रममा भएका निर्ण्र्ाार उठेका मुद्दाले नत यीनीहरूलाई छुननै सकेको छ ।

न त कसैले उनीहरूको उत्थान गर्ने किसीमका कार्यक्रम ल्याउन सकेका छन् । कार्यक्रममा सहभागि हुनेको हैसीयत परिवर्तन भएका होलान् तर उनीहरूका समस्या र अवस्था ज्युँका त्यु छन् । पनि देशको ब्रि्रदो स्थितीले यी मजदुरहरूको जिवनयापनमा पनि प्रभाव पारेको छ ।

यो देशमा गरिब र विपन्नको नाम लिएर धेरै गतिबिधी हुने गरेका छन् । तर गरिबको नाउमा हरिब मोटाउने चलनले गर्दा समस्या बढ्दो छ । सरकारले पनि विपन्नका लागि भनेर ल्याउने कार्यक्रम चर्चा बटुल्ने माध्यम बनेको छ । यस्तो अवस्थामा मजदुरी क्षेत्रमा काम गर्ने र गराउनेले जिवन सुरक्षाको विषयमा ध्यान दिनै पर्छ । सामान्य लापरबाहीले पनि ठूला दर्ुघटना हुने गरेका समाचारहरू आईरहेका बेला नदि किनारमा बालबालीका सहित काम गर्न जाने अभिभावकले र्सतर्कता अपनाउन जरुरी देखिन्छ ।

No comments: