Monday, August 23, 2010

उच्च माविमा चर्पि निर्माण

म्याग्दीको बरङ्जा स्थित महेन्द्ररत्न उच्च माविमा सुविधा सम्पन्न शौचालय निर्माण भएको छ ।
१ वटा बाथरुम र ३ वटा युरेनीक सहित ३ वटा पक्की शौचालय निर्माण भएको उच्च माविका संयोजक यामबहादुर रोकाले जानकारी दिनुभयो । विभिन्न निकायको ३ लाख ७५ हजार रुपैयाको लगानीमा शौचालय निर्माण भएको हो ।

जिल्ला शिक्षा कार्यालयको १ लाख ५०, बरङ्जा गाविसको ४० हजार, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको ८० हजार, विद्यालयको आन्तरीक कोषको ३० हजार र स्थानीयबासीको ५० हजार रुपैया बराबरको श्रमदानमा चर्पि निर्माण भएको विद्यालयका प्रअ रुद्रबहादुर केसीले बताउनुभयो ।

सुविधासम्पन्न शौचालय निर्माण भएपछि लाईन बस्नुपर्नेका साथै खोल्छाखाल्छीमा जानुपर्ने समस्याबाट मुक्ति पाएकोे कक्षा १२ मा अध्ययनरत कुलबहादुर रोकाले बताउनुभयो ।

शौचालय निर्माणपछि विद्यालय परिसर स्वच्छ हुनुका साथै पठन पाठन पनि सहज बनेको त्यहाँबाट केपी सापकोटाले जनाउनुभएको छ ।
म्याग्दी भदौ ७ गते ।

No comments: