Sunday, August 15, 2010

भु-क्षय रोक्न अम्ब्रीसो खेती

म्याग्दीको ताकम धारापानी स्थित धौलागिरि सृजनशिल हिमाली युवा क्लवले धारापानीको र्सार्वजनीक जग्गामा अम्ब्रीसो खेती खेती गरेको छ ।

भु-क्षय र पहिरो नियन्त्रणका लागि अम्ब्रीसोखेती गरिएको क्लवका कार्यबाहक अध्यक्ष तेजबहादुर पर्ुजाले बताउनुभयो ।

१० रोपनी र्सार्वजनीक जग्गामा १ हजार अम्ब्रीसोका बिरुवा लगाईएको सल्लाहकार खुमबहादुर थापाले जानकारी दिनुभयो ।

अम्ब्रिसो खेतीबाट भएको आम्दानी स्थानीय युवाहरुको नेतृत्व विकास र गाउँका विपन्न वर्गको उन्थानमा लगानी गरिने क्लवले जनाएको छ ।

घरको सरसफाईमा प्रयोग गरिने अम्ब्रिसोको कुचो उत्पादनका लागि सो क्षेत्र उपयुक्त मानिन्छ ।

गुजुमुज्ज जरा हुने अम्ब्रीसोको जराले माटोलाई बलीयो बनाउने भएकाले म्याग्दीमा भु-क्षय र पहिरो नियन्त्रणका लागि सामुदायीक वनहरुले अम्ब्रीसो खेती गर्न थालेका छन् ।

No comments: