Monday, August 16, 2010

मुठ्ठीदानबाट धर्मशाला सञ्चालन

म्याग्दीको घतान गाविसको गलेश्वरमा मुठ्ठीदानबाट धर्मशाला सञ्चालन गरिएको छ ।
घतान, राखु पिप्ले, भगवती, दाना, घारा, पर्वतको मल्लाज लगायत ठाउँका बासिन्दा र गलेश्वरको दर्शन गर्न आउने भक्तजनहरुले धर्मशाला सञ्चालनका लागि दाल, चामल, घ्यु, तरकारी लगायतका सामानहरू सहयोग गर्ने गरेका छन् ।

पुलत्स्य पुलह अन्नक्षेत्र समितिले २०६१ सालदेखि मुठ्ठीदान संकलन गरेर धर्मशाला सञ्चालन गरेपछि मुक्तिनाथ तिर्थयात्रा गर्न जाने र गलेश्वर भ्रमण गर्न आउने तिर्थयात्रीलाई सुविधा पुगेको छ ।

धर्मशाला व्यवस्थित गर्न हालै ७० लाख रुपैयाको लागतमा ३ वटा सभाहल सहितको १४ कोठो तीन तले भवन निर्माण गरिएको समितिका उपाध्यक्ष भिमनाथ पराजुलीलले जानकारी दिनुभयो । सो धर्मशालामा दैनिक ८ सय जना सम्म बास बस्न सक्छन् ।

धर्मशालामा तिर्थयात्रीहरुलाई निशूल्क भोजन र आवाशिय सुविधा उपलब्ध गराउँदै आईएको उपाध्यक्ष पराजुलीले बताउनुभयो ।

No comments: