Tuesday, August 31, 2010

पहिरोका कारण १२ घर जोखिममा

म्याग्दीको वरङ्जा गाविस वडा नम्वर २ पखेरमा तीन दिनसम्मको लगातारको वषर्ाका कारण पहिरो जाँदा १२ घर जोखिममा परेका छन् भने करिव ५० मुरी अन्न उत्पादन हुने खेतीयोग्य जमिन पुरिने अवस्थामा रहेको छ ।

केही दिन अघिदेखिको निरन्तर वषर्ाका कारण पखेर -झाँक्रिपानी मोटरवाटो तलको पाखोवाट पहिरो आएपछि पखेर गाउँ नै जोखिममा परेको र स्थानीय आइटुमाया र्घर्तीमगरको घर वग्ने अवस्थामा रहेको वरङजास्थित मोटेखोला सामुदायिक वन उपभोक्ता समितिका सचिव सोम किसानले जानकारी दिनुभयो ।

किसानले दिएको जानकारी अनुसार  पहलमान रोका, भागिरथ आचार्य , नरवहादुर रोका, लालवहादुर पुन, सोमवहादुर किसानलगाएतका व्यक्तिहरुको घर जोखिममा परेका छन् ।

यसैगरी भकिम्ली गाविसको तोराखेतवाट खसेको पहिरोले ज्यामरुककोट गाविस वडा नं १ वगरफाँटका करिव २५ घरलाई जोखिममा पारेको र प्रशस्तै खेतीयोग्य जमिन पुरेको हप्तौं वितिसक्दा पनि सम्वन्धित निकायवाट पहिरो नियन्त्रणको पहल नभएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् ।
पहिरोका कारण पुरै गाउँ जोखिममा पर्दा समेत स्ाम्वन्धित निकायले कुनै वास्ता नगर्नु  गैरजिम्मेवारपना भएको नेपाली काँग्रेस म्याग्दीका सचिव तथा स्थानीय वासिन्दा क्याप्टेन मिनवहादुर कार्कीले वताउनु भयो ।

पहिरोका कारण वगरफाँटका एक घर र दर्ुइ गोठमा क्षति पुर्‍याउनुका साथै तीन घर परिवार विस्थापित भएका थिए ।

म्याग्दी भदौ १५ गते ।

No comments: