Sunday, August 29, 2010

अन्तरदेशिय मेला सम्पन्न , दर्ुइ करोडको व्यापार

नेपाल र तिव्वतका व्यापारीहरुको संयुक्त आयोजनामा गत शनिवारदेखि उपल्लो मुस्ताङको छोर्तेनमा आयोजना गरिएको अन्तरदेशीय व्यापार मेला शनिवार सम्पन्न भएको छ ।

उपल्लो मुस्ताङका छ गाउँ विकास समिती र तिव्वतका व्यापारीले छोन्हुप गाविसको छोर्तेनमा सञ्चालन भएको अन्तरदेशिय ब्यापार मेलामा २ करोड रुपैया बराबरको ब्यापार भएको छ ।

उपल्लो मुस्ताङ र तिव्वतका स्थानिय उत्पादनको पर््रवर्धन गर्ने उद्देश्यले विगतका बर्षजस्तै आयोजना गरिएको ब्यापार मेलामा दुइ करोडको कारोवार भएको आयोजकले बताएका छन् ।

  एक हप्तासम्म सञ्चालन भएको मेलामा २४ वटा नेपाली र ४० वटा तिब्बती उत्पादनका स्टल राखिएको थियो । मेलामा उपल्लो मुस्ताङका छोसेर, लोमान्थाङ, चराङ, सुरखाङ, घमी र छोन्हुपका व्यापारीका साथै तिव्वतको झोङवासेन र लाव्रङका ब्यापारी सहभागि भएका थिए ।

मुस्ताङका ब्यापारीले पस्मीना, उन, भेडा र च्याङ्ग्राको छाला, सुकुटीको स्टल राखेका थिए भने तिब्बती ब्यापारीले कपडा, दैनिकउपभोग्य समान, पशु दानाको स्टल राखेका उपल्लो मुस्ताङका ब्यवसायर्ीर् इन्द्रधारा बिष्टले बताउनुभयो ।

उपल्लो मुस्ताङमा भारी बषर्ा परेका कारण मेला प्रभावित हुनुका साथै लक्ष्य भन्दा निकै कम कारोबार भएको आयोजकले बताएका छन् ।

म्याग्दी भदौ १३ गते ।

No comments: