Wednesday, May 12, 2010

यसरीपो कमाईन्छ पुण्य !

नेपाली समाजमा पुण्य कमाउन तिर्थयात्रा, पुजाआजा र नित्यकर्म गर्ने चलन छ । कतिपयले त दानदक्षीणा दिएर पनि पुण्य कमाईन्छ भन्ने मान्यता राख्छन् । तर म्याग्दीका एक जना व्यक्तिले भने पुण्य कमाउन पृथक काम गरेका छन् ।

भगवानको दर्शन गरेर पुण्य कमाउन जाने तिर्थयात्रीले पर्ुवाधार नभएर पाउने समस्याको अन्त्य गर्न म्याग्दीको दरबाङ गाविस ४ हिदीका बमबहादुर शेरपुञ्जा विगत ९ वर्षेखि क्रियाशील भएका हुन् ।

५८ वषिर्य शेरपुजा म्याग्दीको दर्ुगम कर्ुइनेमंगले गाविसमा अवस्थित रिखार क्षेत्रमा पर्ुवाधार निर्माणमा क्रियाशील बनेका हुन् । सामान्य जिवनशैली अपनाएका शेरपुजाले स्थानीयबासीको सहयोगमा धार्मीक क्षेत्र मानिने रिखार जाने घोडेटो बाटो निर्माण गर्ने, त्यहाँका सम्पदा संरक्षण गर्ने, प्रचार प्रसार गर्ने, तिर्थयात्रीका लागि बासस्थानको व्यवस्था गर्ने आदि काम गर्दै आएका छन् ।

पहिलो पटक २०५८ सालमा तिर्थयात्रा भिरमा जोखिमपर्ूण्ा यात्रा गरेर रिखार पुगेका शेरपुजाले अरुले आफूले जस्तो दुख नपाउन भनेर पर्ुवाधार निर्माण गर्ने काम गरेको बताउनुभयो । "जोखिमपर्ूण्ा तिर्थयात्रा अरु कसैले पनि गर्न नपरोस भनेर बाटो बनाउने सोच आयो" सो समयमा तिर्थयात्रीको सहयोगी भएर रिखार पुगेका शेरपुजा विगत सम्झनुहुन्छ "सोही समयदेखि घरपरिवार र सुख सुविधाबाट टाढा भएर अनकन्टार जंगलमा बाटो बनाउने काम सुरु गरे, मेरो लागि यहि नै पुण्य हो ।"

धौलागिरि हिमालको फेदीमा अवस्थित रिखार क्षेत्रको दर्शन गरी पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । यही जनविश्वासका कारण देशका विभिन्न स्थानका साथै भारतीय तिर्थयात्री रिखार पुग्ने गर्छन् । त्यहाँ ढुङ्गाका दुङ्गाहरू छन् । सो ढुङ्गाहरू पौराणीक कालमा सप्तऋषीले प्रयोग गरेका स्थानीयबासी बताउँछन् । सो क्षेत्रमा भेटीने शिलालेखले त्यहाँको एतिहाँसीक पक्ष झल्काउँछ । सुन्दर ताल पनि भएको सो ठाउँ परिसरमा जनै पूर्णर्ीमाका समयमा भब्य मेला लाग्ने गर्छ । सो समयमा रिखार पुगेर वर चलन छ ।

शेरपुजाको सक्रियतापछि रिखार क्षेत्र जाने विभिन्न स्थानमा गोरेटो र घोरेटो बाटो निर्माण भएका छन् । निगालो र खरको झ्याङमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यताबाट अहिले तिर्थयात्रीले मुक्ति पाएका छन् । राम्रो कामको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यता राख्ने शेरपुजाले आफै रातदिन खटिएर गोरेटो र घोरेटो बाटो बनाउन थालेपछि स्थानीयबासीले पनि साथ दिए । स्थानीयबासीको साथै देशमा शान्ति स्थापना भएपछि शेरपुजाको रिखारलाई तिर्थस्थल मात्र नभएर पर्यटकीय स्थल पनि बनाउने व्यक्तिगत योजनालाई सरकारी निकायले पनि साथ दिन थालेका छन् ।

जिविस र गाविसको सहयोगमा कर्ुइनेको पातलर्ेखर्क, पातलेबास हुँदै रातोपानी सम्म पुगीने ३ किलोमिटर घोरेटो बाटो बनेको छ । त्यसैगरी स्थानीयबासीले रातोपानी देखि पाङ्ग्रेधुरीसम्म २ किलोमिटर बाटो बनाएका छन् । अन्य ठाउँमा शेरपुजा आफैले पनि बाटो खनेका छन् । उनी आफू भोकै बसेर भएपनि त्यहाँ पुग्ने तिर्थयात्रीलाई खाना खुवाउँछन् । आफू ओदारमा बसेर भएपनि तिर्थयात्रीका लागि उनले सो ठाउँमा पाटी पौवा बनाएका छन् ।

खुट्टामा कहिल्यै जुत्ता चप्पल नलगाउने र पँहेलो कपडा पहिरने शेरपुजाले आफैले नेतृत्व गरेर तिर्थयात्रीलाई रिखार घुमाउँछन् । समुन्द्रि सतहदेखि करिब ४ हजार मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा पुग्ने तिर्थयात्रीका लागि धर्मशाला र खानेपानी व्यवस्था गर्ने शेरपुजाको योजना छ ।

धार्मीक पर्यटनको क्षेत्रका साथै शेरपुजाले कास्की लेखनाथका शिवभक्त न्यौपाने संग सहकार्य गरेर जिल्लाका विद्यालयहरूमा शिक्षक र विद्यार्थीलाई नैतीक शिक्षा प्रदान गर्न अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । सबैलाई आफ्नो दायीत्व र कर्तव्यप्रती जिम्मेवार बनाउन अभियान सञ्चालन गर्न लागिएको उनीहरूले बताएका छन् ।

No comments: