Monday, May 17, 2010

बिहानी कक्षाले बालबालीकामा परिवर्तन ल्यायो

म्याग्दीको अर्थुङ्गे ४ जामुनाखर्कमा गठित सन्देश अभियान बाल क्लवले बालबालीकाहरूका लागि बिहानी कक्षा सञ्चालन गरेको छ ।

गत महिनादेखि सञ्चालित बिहानी कक्षामा गाउँका ३० देखि ३५ जना बालबालीका नियमित सहभागी हुन्छन् । क्लवका १० जना सदस्यहरूले हप्ताको ३/३ दिनको दरले बालबालीकालाई पालो पढाउने गरेका छन् ।

स्थानीय विद्यामन्दिर प्राविमा बिहान ६ बजेदेखि पौने ८ बजेसम्म १ देखि ४ कक्षा सम्मका बालबालीकालाई बिहानी कक्षा सञ्चालन गरेर पढाउने गरिएको क्लवका अध्यक्ष सरोजकाजी विश्वकर्माले जानकारी दिनुभयो ।

गाउँका बालबालीका विद्यालय जान नमान्ने र विद्यालय भर्ना भएपनि नियमित उपस्थित नहुने गरेपछि बालबालीकालाई विद्यालयप्रति आकषर्ीत बनाउन बीहानी कक्षा सञ्चालन गरीएको हो ।  

विहानी कक्षा सञ्चालन भएपछि बालबालीकाले पर्ढाईप्रती रुची देखाउन थालेका छन् । उपयुक्त वातावरण नभएका कारण घरमा पढ्न नसकेका बालबालीकाका लागि बिहानी कक्षा उपयोगी बनेको छ ।

घरमा भन्दा साथीभाईसंग सामुहीक पढ्न पाउँदा उत्साह जागेको कक्षा ४ मा अध्ययनरत धनकुमार विश्वकर्माले बताईन् । खेलेर बिताउने समयमा पढ्न पाउँदा निकै खुसी लागेको अर्का विद्यार्थी सन्तोष वि.क बताउँछन् । बिहानी कक्षामा अंग्रेजी र गणीत विषयमा निशुल्क पर्ढाई हुन्छ ।

"गाउँको शैक्षिक विकास गर्नका लागि फर्ुसदको समयमा हामिले जानेको कुरा भाईबहीनीलाई सिकाउने गरेका छौ" क्लवका अध्यक्ष विश्वकर्माले भन्नुभयो । बालबालीका विहानी कक्षामा पढ्न जान थालेपछि अभिभावकलाई पनि घरायसी काम गर्न सजिलो भएको अभिभावक बलबहादुर विश्वकर्माले बताउनुभयो ।

त्यसैगरी सन्देश अभियान बाल क्लवले आफ्ना २ जना सहयोगीलाई सम्मान गरेको छ ।

क्लवलाई आर्थिक सहयोग गर्ने प्रविन बर्राईली र सुना बर्राईलीलाई आईतबार एक समारोहका बिच सम्मान गरिएको हो । क्लवका अध्यक्ष सरोजकाजी विश्वकर्माको सभापत्ाित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तब्य उपाध्यक्ष करिश्मा विश्वकर्माले गर्नुभएको थियो ।

No comments: