Thursday, May 06, 2010

पैदलयात्री बिरामी

एकिकृत नेकपा-माओबादी)ले आब्हान गरेको अनिश्चिकालिन आमहड्तालका कारण राजमार्गमा पदैल हिंड्ने यात्रुहरु बिरामी पर्न थालेका छन् ।

तीन दिन लामो पैदल हिंडेर म्याग्दीको दरबाङ्गबाट पोखरा जाँदै गरेका पैदल यात्रु यात्राका कारण बीचमै बिरामी परेपछि पर्वतको पातीचौरबाट उद्दार गरेर पोखरा पठाइएको छ ।

दरबाङ्गका पदम रोकालाई स्थानीय मेडिकलमा प्राथमिक उपचार गरि एम्बुलेन्स मार्फ पोखरा पठाइएको स्थानियबासी जीबन्धर शर्माले जानकारी दिनुभयो । पोखरा बागलुङ्ग राजमार्गमा सवारीका साधन चल्न नसक्दा करिब ७० किलोमिटर लामो सडक यात्रुहरुले पैदलै पार गर्दै आएका छन् ।

No comments: