Wednesday, May 26, 2010

तथ्याङ्क अभावमा जडिवुटीको राजस्व प्रभावित

तथ्याङको अभावमा यार्सर्ााम्बा लगायत जडिवुटीबाट म्याग्दी जिल्लामा पर्याप्त राजस्व संकलन हुन सकेको छैन् ।
म्याग्दी जिल्लामा धेरै किसिमका बहुमूल्य जडिवुटी पाईने भएपनि यसबाट राज्यले पर्याप्त लाभ लिन नसकेको हो । जिल्ल्ाा वन कार्यालयका अनुसार नेपालमा पाईने २ सय १८ प्रजातिका जडिवुटी मध्ये म्याग्दीका जंगलमा एक सय ५७ प्रजातीका जडिवुटी पाईन्छ ।
जिल्ला वन कार्यालयका अनुसार कुन जडिवुटी कती मात्रामा पाईन्छ भन्ने एकिन तथ्याङ्क नहुनाले पनि राजस्व संकलन प्रभावीत बनेको हो । कार्यालयले यस वर्षजिल्लामा २ किलोग्राम यार्सर्ााम्बा संकलनका लागि अनुमती प्रदान गरेको छ ।
म्याग्दीका कर्ुइनेमंगले, गर्ुजा, चिमखोला र मुदी गाविसका लेकहरूमा वाषिर्क न्युनतम १० किलोग्राम यार्सर्ााम्बा संकलन हुने गरेको अनुमान गरिएको छ । गत वर्ष६ दशमल ५ किलोग्रामका लागि संकलन अनुमती दिएर रु. ६ हजार ५ सय राजस्व संकलन गरेको वन कार्यालयले यस वर्षमंगलबारसम्म यार्सर्ााम्बाबाट रु. २ हजार मात्र राजस्व संकलन गरेको छ ।
जेठ महिनाको सुरुवातसंगै जिल्लाका उच्च पहाडी क्षेत्रमा यार्सर्ााम्बा संकलन भइरहेको छ । तथ्याङ्कको अभावमा चोरी निकासी गर्नेलाई सहज वातावरण सिर्जना हुने भएकाले जडिवुटीको राजस्व संकलन कार्य प्रभावित बनेको वन कार्यालयका कर्मचारीहरूले बताएका छन् ।
यार्सर्ााम्बा, पाँचऔले, सतुवा, निरमसी, सुगन्धवाल, चिर्राईतो, पदमचाल, अतिसजरा, वनलसुन, कुरिलो बिभिन्न प्रजातीका बहुउपयोगी र बहमूल्य जडीवुटीहरू पाईने भएपनि यसबाट न्युन मात्रामा राज्य तथा र्सवसाधारणले लाभ लिन पाएका छन् । जिल्ल्ाा विकास समितिको कार्यालयले केही वर्षघि गरेको अध्ययन अनुसार जडिवुटी निकासी गरेर म्याग्दीमा वाषिर्क २० करोड रुपैया नगद भित्र्याउन सकिन्छ ।
वन कार्यालयका अनुसार गत आर्थिक वर्षा जिल्लाबाट १८ प्रजातीका जडिवुटी निकासी भएको थियो यसबाट २ लाख ६ हजार ४ सय ५ रुपैया राज्ास्व प्राप्त भएको छ । जडीवुटीलाई आयस्रोतको रुपमा बिकास गर्न केन्द्रिय स्तरबाट स्पष्ट निती बनेर संम्भाव्यता अध्ययन गर्न सकेमा लगानीकर्ता आकषर्ीत हुने र राज्य तथा स्थानीयबासीलाई फाईदा पुग्ने जिल्ला वन अधिकृत पर्ूण्ाश्वर सुवेदी बताउनुहुन्छ ।

No comments: