Monday, May 10, 2010

म्याग्दी जिल्लामा गहुँ उत्पादन बढ्यो

अनुकुल मौसम र नयाँ जातको गहुँ खेती भएका कारण यस वर्षम्याग्दी जिल्लामा गहुँ उत्पादन बढेको छ ।

जिल्ला कृषी विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षो तुलनामा यस वर्षगहुँ उत्पादमा ७ देखि १० प्रतिशत सम्म बृद्धी भएको अनुमान गरिएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार ३ हजार २० हेक्टर जमिनमा गहुँ खेती हुने म्याग्दीमा गत वर्ष५ हजार ६ सय मेटि्रक टन गहुँ उत्पादन भएको थियो ।

हिउँको अन्त्यमा भएको बरसले  गहुँ खेतीका लागि फाईदा गरेको बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले बताउनुभयो ।

नयाँ गौतम र डब्लु.के १२०४ जातको गहुँ खेती भएकाले पनि उत्पादन बढेको सो कार्यालयले जनाएको छ ।  नयाँ जातको गहुँमा सिदुरे रोग नदेखिएकाले उत्पादनमा बृद्धी भएको हो ।

सुरत केसी / म्याग्दी वैशाख २७ गते

No comments: