Sunday, May 09, 2010

पुरै गाउँमा सुन्तलाखेती गर्ने तयारी

हिस्तान ९ दोसल्लेका बासिन्दाले पुरै गाउँमा सुन्तलाखेती गर्ने तयारी गरेका छन् ।

स्थानीय बासीले सामुहीक सुन्तलाखेती गर्न दोसल्ले ब्यवसायीक सुन्तलाजात फलफूल कृषक समुह गठन पनि गरेका छन् ।

उनीहरूले अन्नबालीखेती छाडेर फलफूल खेती गर्न स्थानीय कृषकहरूले पुरै गाउँमा सुन्तलाखेती गर्न लागेका हुन् । स्थानीयबासीले मकै, गहुँ, धान र कोदो खेती हुने खेतबारीमा सुन्तलाखेती गर्न खाडल तयार गरेका छन् । सो गाउँमा बसोबास गर्ने ४४ घरपरिवारलेनै सुन्तलाखेती सुरु गर्न लागेका हुन् ।

यस वर्षात्र करिब ३ हजार बोट सुन्तला खेती गर्ने तयारी भएको समुहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो । परम्परागत अन्नबाली खती हुने जमिन विभाजन भईरहेका बेला आयआर्जन बृद्धी गर्न फलफूल खेती गर्न लागीएको स्थानीयबासी बताउँछन् ।

खडेरी, अनावृष्टी, आसिनापानी जस्ता कारणले अन्नखेती प्रभावित हुन थालेपछि उनीहरू परम्परागत खेती छाडेर ब्यवसायीक बन्न थालेका हुन् । सिचाई सुविधा, उपयुक्त भु वनोट र स्थानीबासीको उत्साहका कारण दोसल्लेमा सुन्तलाखेतीको राम्रो सम्भावना भएको सो ठाउँको स्थलगत अध्ययनपछि जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत महेशचन्द्र आचार्यले बताउनुभयो ।

दोसल्लेमा यसअघि पनि सुन्तलाखेती हुने गरेको थियो । यहाँ उत्पादीत जिल्लाका अन्य ठाउँको तुलनामा स्वादीलो भएको पाईएको छ । जिल्ला कृषी विकास कार्यालयका बागबानी विकास अधिकृत वेदप्रकाश पौडेलले सो क्षेत्रमा ब्यवसायीक सुन्तलाखेती भएपछि विभिन्न सुविधा उपलब्ध गराउँदै सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

No comments: