Tuesday, May 04, 2010

सदभावका लागि सम्वाद शान्ति यात्रा कार्यक्रमका

सरोकारवालाको सम्ान्वय र सहकार्यको अभावमा म्याग्दीमा द्धव्दपिडीतको पहिचान गरि राहत वितरण गर्ने र समाजमा पर्ुनस्थापना गराउन समस्या परेको सरोकारवालाले बताएका छन् । म्याग्दी काली एफ एमको स्थानीय आयोजनामा उल्यालो नाइन्टी नेर्टवर्कको उज्यालो शान्ति यात्रा अर्न्तगत सदभावका लागि सम्वाद कार्यक्रमका सरभागीहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा सहभागी द्धण्द पिडीतहरूले पहुँचवालाले मात्र सरकारले उपलब्ध गराएको सुविधा उपभोग गर्न पाएको गुनासो गरेका थिए । बेनी आक्रमणका समयमा बममा परेर खुट्टा गुमाएका बेनीका कृष्णलाल श्रेष्ठले राज्य पक्षबाट द्धन्दपीडितको समस्या पहिचान र समाधानका लागि उपेक्षा गरिएको गुनासो गर्नुभयो ।

"जिवनभरनै अपाङ्ग भएर बाँच्नुपर्दा नत उपचार खर्च नै पाईयो" श्रेष्ठले भन्नुभयो "राज्यले उपलब्ध गराएको १० हजार रुपैयाले के गर्ने उपचार की परिवार पाल्ने ।" र्घाईते भएपछि अदालतको कार्यालय सहयोग श्रेष्ठले जागीर छोड्नु भएको थियो ।

 द्वन्द्वको क्रममा हत्या गरिएका मणिलाल अधिकारीका छोरा केपी अधिकारीले भन्नुभयो "बुवाको हत्यामा संलग्नको किटानी जाहेरी गर्दा सम्म पनि अझै सम्म कारबाही भएन् ।" कार्यक्रमका सहभागीहरूले देशमा शान्ति स्थापना भएपनि द्धण्दपिडीतको पुनस्थापना हुन नसकेको र अराजकता बढेको बताएका छन् ।
र्
र्    इन्सेक प्रतिनिधी घनश्याम खड्काले सरकारी निकाय, राजनितिक दल र सरोकारवालाको उदाशीपनका कारण जिल्लामा अझसम्म द्धण्द पिडितको एकिन तथ्याङ्क पाउन नसकिएको बताउनुभयो । स्थानीय शान्ति समितिको भुमिका निश्क्रीय औपचारीकतामा सिमित रहेको उहाँको भनाई थियो । 

सरोकारवालाले शान्ति समितिको भुमिका सक्रिय भएमा स्थानीय तहमा शान्ति कायम गर्न सहयोग पुग्न बताए । प्रमुख जिल्ला अधिकारी वेदबहादुर काकीले द्धन्द पिडित र्सर्म्पकमा नआउने गरेको बताउनुभयो । उहाँले द्धन्दपीडितलाई पुनस्थापना गराउन सरकारले उपलब्ध गराएको ५ लाख रुपैया फिर्ता भएको बताउनुभयो ।

 कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापति भुपेन्द्र बहादुर खड्का,नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्र्ठ  नेकपा एकीकृतका शिब कुमार श्रेष्ठ,जनमोर्चाका छवि विश्वकमा, प्रहरी नायव उपरिक्षक लोकेन्द्र बहादुर मल्ल लगायत बिभिन्न दलका प्रतिनिधी, अधिकारकर्मी र नागरीक समाज सम्बद्ध व्यक्तिहरूले आगामी दिनमा पनि शान्ति प्रक्रियालाई सहयोग पुर्‍याउन सबैबीच सहकार्य हुन आवश्यक रहेको सुझाव दिएका छन् ।

एकीकृत नेकपा माओवादीको आम हड्ताललाई असर पर्ने भन्दै उज्यालो ९० नेर्टवर्कले आयोजना गरेको कार्यक्रमलाई बाधा पुर्‍याएको थियो । रेडक्रस सभाहलमा आयोजना गरीएको कार्यक्रमलाई त्यहा गर्न नपाईने भन्दै माओवादीले विरोध गरेका थिए ।
सुरत केसी/म्याग्दी वैशाख २१ गते

No comments: