Monday, May 24, 2010

तीन सन्तानका बाबुले पनि श्रीमतीलाई स्वीकारेनन्

परिवारको अपहेलना र तिस्कारका कारण म्याग्दीको बाबियाचौरकी एक जना महिला छोराछोरी सहित साहराको खोजीमा सदरमुकाम आएकी छन् ।

श्रीमान र घरपरिवारले कुटपीट र मानसीक यातना दिन थालेपछि बाबियाचौर ५ कोक्रबाङकी देवी खड्का ३ जना सन्तानसंगै साहराको खोजीमा अधिकारकर्मीको शरणमा आएकी हुन् ।

२०५६ सालमा स्थानीय धनबहादुर खड्कासंग विवाहको प्रलोभनमा परेर शारिरीक सर्म्पर्क राख्दा छोरीको जन्मभएदेखि उनकै घरमा बस्दै आएकी देवी परिवारले मानसीक यातना दिँदै घर निकाल्ने दवाव दिन थालेपछि न्यायको खोजी गर्दैमा आईतबार बेनी आएकी हुन् ।

२०५६ सालमै देवीलाई गर्भवती बनाएपछि अर्कै महिलासग विवाह गरेका खड्काले देवीबाट तेस्रो बच्चा जन्मिएपछि उनलाई श्रीमती अस्विकार गर्न थालेका हुन् । जनआदर्श आमा समुह र बाबियाचौर सामुदायीक प्रहरी सेवा केन्द्रले आईतबार बेनिमा आयोजना गरेको पत्रकार सम्मेलनमा पिडित देवीले परीवारले घर छाड्न र अर्कै व्यक्तीसंग विवाह गर्न दवाव दिदै मानसीक र शारीरीक यानता दिन थालेपछि अन्यायमा परेकाले न्याय माग्दै सदरमुकाम आएको बताउनुभयको छ ।

गत भदौमा सामुदायीक प्रहरी सेवा केन्द्र बाबियाचौरमा भएको गाउँ भेलामा बिवाह दर्ता गर्ने, १० वषिर्या छोरी दिपा, ७ वषीय दिप्सनको जन्मदर्ता गर्ने, अंश उपलब्ध गराउने सहमति जनाएका खड्काले सहमति पछि जन्मीएका ७ महिने विप्लप आफ्नो सन्तान नभएको दावी गर्दै देवीलाई घरनिकाला गर्ने धम्की दिन थालेका केन्द्रकी अध्यक्ष यसोदा रोकाले जानकारी दिनुभयो ।

खड्काले देवी विरुद्ध उनी आफ्नो श्रीमती नभएको दावी गर्दै जिल्ला अदालत म्याग्दीमा मुद्दा पनि दर्ता गराएका छन् । देवीले भने कान्छा सन्ताल विप्लप पनि खड्काकै सन्तान भएको बताएकी छिन् । खड्काले गाउँभेलामा गरेको सहमती उल्लङ्घन गरेपछि देवी अलपत्र परेकी हुन् ।

परिवारको अपहेलना र तिरस्कारका कारण छोराछोरीलाई पढाउन समस्या परेको देवीले बताउनुभयो । खड्काकी आमाले उपलब्ध गराएको एउटा कोठामा बस्दै आएकी देवी ज्यला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकी छन् । "पहिले विवाह गर्छर्ुुनेर यौन सर्म्पर्क गरे, बालबच्चा पनि उनकै हुन र स्विकार पनि गरे" देवीले भनिन् " तर अहिले घरनिकाला गर्ने धम्की दिँदै यातना दिने गरेपछि न्याएको खोजीमा यहाँ आएकी हुँ ।"

परिवारका सदस्य र खड्का स्वयमले स्वीकार गरेपछि सुस्म मनस्थिती भएकी देवी हालसम्म खड्काकै घरमा बस्दै आएकी थिईन् । खड्काले अर्की श्रीमतीबाट जन्मीएका बालबच्चालाई निजि विद्यालयमा पढाएपनि देवीबाट जन्मीएका सन्तानको हेरचाह पनि नगरेका पिडितले बताएकी छन् ।

महिला अधिकारकर्मीहरूले अवोध महिलामाथि यौनशोषन गरि महिला हिंसा गर्ने खड्कालाई कडा कारबाही गर्न माग गरेका छन् ।

No comments: