Thursday, May 13, 2010

बेनीमा बधस्थल निर्माण सुरु

म्याग्दीको सदरमुकाम बेनी बजारमा जिल्लामै पहिलो पशु बधस्थल निर्माण सुरु भएको छ ।

बेनिस्थित बहुउद्देश्यिय मैदानमा बधस्थल निर्माण सुरु भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख प्रेम शर्मा सापकोटाले जानकारी दिनुभयो ।

सदरमुकाममा हालसम्म बधस्थल हुँन नसक्दा र्सवसाधारण अस्वस्थ मासुको उपभोग गर्न बाध्य छन् ।  'बधस्थल बनेपछि उपभोक्ताले स्वस्थ्य मासु उपभोग गर्न पाउनेछन्' कार्यालय प्रमुख शर्माले भन्नुभयो ।

जिविस, स्थानीय अर्थुङ्गे गाविस, पशु सेवा कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको लगानीमा बधस्थल निर्माण गर्न लागिएको हो ।

गत वर्षबधस्थल निर्माण गर्न गठन भएको समितिसँग २ लाख ५० हजार रुपैया मौजुदा छ । बधस्थल निर्माण गर्न ३ लाख ५० हजार रुपैया लगानी हुने प्रारम्भीक अनुमान गरिएको छ ।

नपुग १ लाख रुपैया जिविसले उपलब्ध गराउने बताइएको छ । बधस्थल सञ्चालनमा आएपछि अन्य पर्ुवाधार र सुविधा पनि थप गरिने निर्माण समितिले जनाएको छ ।

No comments: