Wednesday, May 26, 2010

दुध बिक्री शुभारम्भ

रत्नेचौर दुग्ध उत्पादक सहकारी संस्था लि. रत्नेचौर म्याग्दीले मगलबार देखि व्यवसायीक दुग्ध विक्री शुभारम्भ गरेको छ । सो ठाउ“मा उत्पादन हुने दुध परम्परागत रुपमा प्रयोग गर्दै आईरहेकोमा सहकारी संस्था लि.ले भने व्यवसायीक रुपमा दुध संकलन तथा विक्री वितरण गर्ने भएको छ ।

सहकारीबाट दुध संकलन तथा विक्री वितरण हुने भएपछि रत्नेचौर वार्ड नं. १,२,३ र ४ का करिब १ सय घर परिवारले दैनिक रुपमा करिब २ सय ५० लिटर दुध बिक्री गर्ने संस्थाले जनाएको छ ।

सहकारी संस्था मार्फ दुध विक्री केन्द्रको उद्घाटन गर्दै जिल्ला विकास समिति म्याग्दीका पर्ुव उपसभापति भुपेन्द्र थापाले सहकारीता मार्फ अगाडि बढ्न सकेमा गरिब जनताको आय स्तरमा सुधार आउने बताउनुभयो ।

सो कार्यक्रममा बागलुङ दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष धरणीधर सापकोटा, पर्ुण्ा बानिया, टेकबहादुर थापा, गोविन्दबहादुर बोगटी, जिल्ला पशु सेवा कार्यालय बागलुङका पशु सेवा प्राविधिक तथा संस्थाका सल्लाहकार निलकण्ठ सापकोटा, चिरञ्जीवी बोगटी, बसन्त बोगटी लगायतले बोल्नु भएको थियो ।

सहकारी संस्था लि.का अध्यक्ष रेशमबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत कृष्ण बोगटी र सञ्चालन सचिव निरबहादुर थापाले गर्नुभएको जिल्ला पशु सेवा कार्यालय बागलुङका प्राविधिक निलकण्ठ सापकोटोले जानकारी दिनुभयो ।

No comments: