Wednesday, May 26, 2010

गाउँमा जुवातास खेल्न प्रतिबन्ध

म्याग्दीको देवीस्थान गाविसको वडा न. २, ३, ४ का युवाहरूले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएका छन् ।

प्रौद्धहरू जुवातासमा भुलेपछि घरपरिवार, खेतीबाली र सामाजिक काम ओझलमा परेपछि देविस्थान युवा क्लवले गाउँमा जुवातास खेल्न प्रतिबन्ध लगाएको हो ।

क्लवका अध्यक्ष मनबहादुर र्घर्तीले तास, क्यारेमवोर्ड र पोर्टमा स्थानीयबासी भुल्दा समयको बर्बादी मात्र नभएर आर्थीक हानी भएपछि जुवाजन्य खेल खेल्न प्रतिवन्ध लगाईएको बताउनुभयो ।

तासजन्य खेल प्रतिबन्ध भएपछि दिनभरि तासमा भुलेर गासमा रात बिताउने व्यक्तिहरूको ब्यवहारमा परिवर्तन आएको छ । उनीहरू अहिले खेतबारीको काम र खेलकुद गतिविधीबाट बचेको समय सामाजिक छलफल र पत्रपत्रिका अध्ययन र रेडियो सुनेर बिताउने गरेका छन् ।

जुवातास बन्द भएपछि मात्र सूचना, सामाजिक काम र खेतबारीको काममा ध्यान जान थालेको स्थानीय युवा टेक पुनले बताउनुभयो । विद्यार्थीको पर्ढाईलाई ध्यान दिँदै क्लवले घरघरमा भिडियो हर्ेन पनि प्रतिबन्ध लगाएको छ ।

त्यहाँ निश्चित समयमा मात्र भिडीयो हर्ेन पाईन्छ । विद्यार्थीले शुक्रबार एक दिन मात्र भिडीयो हर्ेन पाउने अध्यक्ष र्घर्तीले जानकारी दिनुभयो । श्रीमान र छोराहरूको नराम्रो ब्यवहार परिवर्तन भएपछि देवीस्थानका महिला खुसी भएका भिम मावी राजदाङका शिक्षक अर्जुन के.सीले जानकारी दिनुभयो ।

No comments: