Wednesday, May 12, 2010

नदी कटानले जोखिममा परेपछि छुसाङबासीले गाउँ छाड्न थाले

कालिगण्डकी र नर्सर्ााखोलाको कटानका कारण मुस्ताङको छुसाङ गाउँ जोखिममा परेको छ ।

नदी कटान बढ्दै गएपछि स्थानियबासी बर्साई सरेर अन्यत्र जान थालेका छन् । कालिगण्डकी र नर्सर्ााखोलाको दोभानमा छुसाङ गाउँ अवस्थित छ । नदी नियन्त्रण हुन नसक्दा करिब एक हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको पर्ुव गाविस अध्यक्ष प्रकाश गुरूङले जानकारी दिनुभयो ।

नदी कटान मानवबस्तितर्फबढेकाले गाउँ जोखिममा परेपछि स्थानियबासी बर्साई सरेर सुरक्षित ठाउँमा जान थालेका हुन् ।

'खोला गाउँ नजिकैबाट बग्न थालेको छ, नियन्त्रण प्रयास भएको छैन्' स्थानियबासी उत्तम गुरूङले भन्नुहुन्छ 'बर्साई र्सर्नुको अर्को बिकल्प छैन् ।' यस बर्षत्यहाँका २० घरपरिवार सुरक्षित ठाउँमा बर्साई सरेका उहाँले बताउनुभयो । बषर्ा मौसम सुरू भएपछि जोमसोम, पोखरा र काठमाडौ जाने गरेको स्थानियबासीहरू बताउँछन् ।

त्यहाँ एक सय घरधुरीले बसोबास गर्छन् । नदीमा आउने बाढीले बर्षोनी सँयौ हेक्टर खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । ठुलो बषर्ा हुँदा यहाँका बासिन्दाहरू रातभर निदाउँदैनन् । खेती योग्य जमिन बगरमा परिणत भएपनि गाउँमा खाद्यान्न अभावको समस्या पनि बढेको छ ।

यी खोलाहरूमा पुल पनि छैनन् । झोलुङ्गे पुल नहुँदा उपल्लो मुस्ताङका बासिन्दा र त्यहाँ जाने पर्यटकहरूले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा छुसाङ, चराङ, घमी, सर्ुखाङ, लोमान्थाङ, छोसेर र छोन्हुप गाउँका बासिन्दाहरू समस्यामा परेका हुन् ।

बषर्ायाममा आवत जावत बन्द हुने गरेको स्थानियबासी कल्पना गुरूङले बताउनुभयो । यो बाटो भएर बर्षोनी हजारौ पर्यटक उपल्लो मुस्ताङ जाने गर्छन् । नदी कटान नियन्त्रण गरि झोलुङ्गे पुल निर्माण गर्न स्थानियबासीले माग गरेका छन् । आफुहरूको समस्या सम्बन्धित निकायले महशुस नगरेको छुसाङबासीको गुनासो छ ।

No comments: