Monday, May 17, 2010

सामाजिक सुरक्षा र भेदभावका कारण एड्स रोगी खुल्न सकेनन्

भेदभाव र सामाजिक सुरक्षाका कारण एचआईभि एड्स संक्रमितहरू खुल्न नसकेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।

२७ औ अर्न्तराष्ट्रिय एड्स दीप प्रज्वलन स्मृती दिवसको अवसरमा आईतबार बेनीमा आयोजित अर्न्तक्रीया कार्यक्रमका सहभागिहरूले जनचेतनाको कमि, गलत धारणा र सामाजिक सुरक्षाका कारण एचआईभि एड्स संक्रमितहरू रोग लुकाएर बस्न बाध्य भएको बताएका थिए ।

सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीले एचआईभी एड्स रोग नियन्त्रणका लागि सो रोग संक्रमितहरूनै खुलेर चेतनामुलक काममा लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले एड्स रोगलाई साझा सामाजिक समस्याका रुपमा लिएर सबै पक्षले सहकार्य गरेर जनचेतना अभिवृद्धी गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अस्पताल म्याग्दीका डाक्टर प्रकाश शाक्यले एड्स संक्रमित पहिचान भएपनि रोग लुकाएर बस्न बाध्य बनेका बताउनुभयो । उहाँले जिल्ला अस्पतालमा एचआईभि एड्स तथा यौन रोगीहरूलाई सहज रुपमा उपचार र परामर्श दिन भिसीटी केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

डाक्टर शाक्यका अनुसार गत आर्थिक वर्षा जिल्लाका १ सय ५० जनाले रगत परिक्षण गराएकामा ५ जनामा एचआईभी पोजेटिभ भेटीएको थियो । सोही कार्यक्रममा गुप्त सबा मार्ग दर्शन समिति का अध्यक्ष तिलक थापाले जिल्लामा ४८ जना एचआईभि पोजेटिभ भएपनि २८ जनामात्र संस्थाको सर्म्पर्कमा आएको बताउनुभयो ।

थापाले सामाजिक सुरक्षा र चेतनाको कमिका कारण संक्रमितहरू र्सार्वजनीक हुन नसकेको बताउनुभयो । खुलेका संक्रमीतलाई हेलाको दृष्टीले नभई उनीहरूबाट पाठ सिके सो रोगबाट बच्न सकिने सहभागीहरूको भनाई थियो ।

नेपाल रेडक्रस सोर्साईटी म्याग्दी शाखाको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यार्थी र पत्रकारहरूको सहभागिता रहेको थियो । शाखा सभापति मुक्ति रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकर्ीर् इश्वरा सुवेदीले गर्नुभएको थियो ।

शाखाका मन्त्री लेखबहादुर हमालले स्वागत गर्नुभएको कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेल, जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी, अधिवक्ता ठहरबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सभापति धनश्याम खड्का, पत्रकार सन्तोष गौतम लगायतले रोगका सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments: