Sunday, May 09, 2010

एक सातापछि कार्यालय खुले निजि विद्यालयमा २ हप्तापछि पठनपाठन सुरु

माओवादी आमहडतालका कारण एक सातादेखि बन्द भएका सरकारी तथा गैरसरकारी कार्यालयहरूबाट आईतबारदेखि सेवा प्रवाह हुन थालेको छ ।

एक हप्तापछि खुलेका कार्यालयहरूमा बिहान १० बजेदेखिनै सेवाग्राहीको चहलपहल बढेकोे छ । आमहडतालका समयमा कार्यालयहरू खुलेपनि सेवा प्रवाह हुन सकेको थिएन् ।
आमहडताल खुलेसंगै बजारमा चहलपहल सुरु भएको छ । यसैबिच बैशाख १२ गतेदेखि नियमित पठन पाठन हुन नसकेका निजि विद्यालयमा नियमित पठनपाठन सुरु भएको छ ।

अखिल क्रान्तिकारीले शुल्क वृद्धीको बिरोधमा आन्दोलन गरेपछि १२ गतेदेखि बन्द भएका निजि विद्यालय १७ गते १ दिन खुलेर पुन बन्द भएका थिए ।

एक हप्तापछि खुलेका बैङ्क, वित्तिय संस्था, सहकारी संस्था र रेमिट्यान्स काउन्टरहरूमा आईतबार ग्राहकको भिड लागेको छ ।

No comments: