Wednesday, May 19, 2010

नयाँ पदमार्गको अध्ययन

पुराना पदमार्ग सडकमा परिणत भएर विस्थापित हुन थालेपछि म्याग्दीमा नयाँ पदमार्गको अध्ययन गर्न सुरू भएको छ ।

जिल्लाका नागी, शिख, घारा, टाड्के, खोप्रा लेक, मालिका लगायत स्थानहरूलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अध्ययन सुरु गरीएको हो । जिल्लाको पुरानो तथा चर्चित बेनी-जोमसोम र घाडेपानी-भुरुङतातोपानी  पर्यटकीय पदमार्गका अधिकांश स्थान मोटरबाटोमा परिणत भएका छन् ।

लद्युउद्यम विकास कार्यक्रमको नेतृत्वमा रहेको पर्यटन ब्यवसायी र विशेषक्षहरूको टोलीले गत हप्तादेखि जिल्लाको उक्तरी क्षेत्रमा पर्ने राम्चे, नागी, शिख, घारा, खोप्रा लेक र पर्वतको बासर्ँखर्क लगायत ठाउँमा पदमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ ।

कार्यक्रमकी पर्यटन उद्यम विशेषक्ष ज्ञानेश्वर महतको नेतेत्वमा रहेको टे्रकिङ एजेन्सी अफ नेपाल -टान), पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग विकास समिति, संगम, धौलागिरि पर्यटन परिषद् लगायत संघ संस्थाका प्रतिनिधी सहभागी टोलीले पदमार्गको अध्ययन गर्न सुरु गरेको हो ।

लद्युउद्यम विकास कार्यक्रम म्याग्दीका कार्यक्रम अधिकृत चिरञ्जिवी रेग्मीले दिनुभएको जानकारी अनुसार टोलीले पदमार्ग, पर्यटनमा आधारीत लद्युउद्यम र पर्यटकीय आकर्षाहरूका बारेमा अध्ययन गर्नेछ ।

उत्तरी क्षेत्रको अध्ययन पछि पश्चिमी क्षेत्रमा पर्ने ढोरपाटन शिकार आरक्ष संग नजिक रहेका ठाउँको पनि अध्ययन गरिने कार्यक्रम अधिकृत रेग्मीले बताउनुभयो । केही समयअघि टे्रकीङ एजेन्सीहरूले नारच्याङ देखि अन्नपर्ूण्ा आधार शिवीर र बेनी-टोड्के-रिखार हुँदै मुस्ताङको लेते पुग्न सकिने पदमार्गको पनि अध्ययन गरेका थिए ।

पुराना पदमार्गमा सवारी साधन गुड्न थालेपछि धुवाँ र धुलोका कारण पर्यटकहरुले चिन्ता ब्यक्त गर्ने गरेका छन् ।

No comments: