Thursday, May 20, 2010

विद्यालयमा पहिलोपटक चर्पि निर्माण

म्याग्दीको विकट कर्ुइनेमंगले गाविसको रितुङ निमावीका विद्यार्थीहरूले पढ्ने समयमा शौचालयको खोजीमा खोल्सा र पाखोबारीमा पुग्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् ।

४० वर्षघि स्थापित विद्यालयमा हालैमात्र शौचालय निर्माण भएपछि वर्षौदेखि शौचालयको समस्या झेल्दै आएका विद्यार्थीहरूले राहत महशुस गरेका छन् ।

एग्रीकल्चर एड ब्रिटीस गोर्खाज -कादुरी)को रु. ५ लाख लगानीमा विद्यालयमा पक्की शौचालय निर्माण भएको विद्यालयका शिक्षक रेशबहादुर बि.कले जानकारी दिनुभयो ।

शिक्षक बि.कका अनुसार सो विद्यालयमा यस अघि शौचालय थिएन् । विद्यार्थी र शिक्षकहरू शौचालयको खोजीमा जानुपर्ने समस्याका कारण पठन पाठनमा समस्या आउने गरेको थियो ।

यस वर्षेखि विद्यालयमा शौचालयका साथै खानेपानीको सुविधा पनि पुगेको छ । छात्र, छात्रा र कर्मचारीका लागि छुट्टा छुट्टै तीन कोठ शौचालय निर्माण भएको छ ।

No comments: