Saturday, May 08, 2010

क्षत्री युवाहरुका भेला सम्पन्न

म्याग्दीको पुलाचौरमा शुक्रबार गा. वि. स. स्तरीय क्षत्री युवाहरुको भेला सम्पन्न भएको छ ।

भेलाले भरत भण्डारीको अध्यक्षतामा १७ सदस्यीय क्षत्री युवा समाज पुलाचौर इकाइ समिति गठन गरेकोे छ । समितिको उपाध्यक्षमा भगवती कार्की, सचिबमा प्रताप बानिया, कोषाध्यक्षमा रेशम कार्की र सह सचिबमा राजेन्द्र के सी रहनु भएको छ ।

त्यस्तै समितिका सदस्यहरुमा दिपेन्द्र खत्री, कमला भण्डारी, योगमाया कार्की, सन्दिप बानिया, योगेन्द्र कार्की, दिनेश कार्की, लक्ष्मण के सी, हरी कार्की, सुबास बानिया, बबि के सी, कृष्ण बहादुर बानिया र राजु बानिया रहनु भएको त्यहाबाट दिपेन्द्र खत्रीले जानकारी दिनुभएको छ ।

क्षत्री समाज नेपाल, पुलाचौर इकाइ समितिका अध्यक्ष हर्कबहादुर खत्रीको अध्यक्षता र सचिब प्रविण खत्रीको सन्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा सञ्जय कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यसै गरी पुलाचौर गा बि स को वडा नम्बर.६ मा दल बहादुर कुँवरको अध्यक्षतामा क्षत्री समाज नेपाल, वडा इकाइ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा चिनबहादुर कार्की, सचिब गणेशबहादुर कार्की, सह सचिब चन्द्रबहादुर कार्की कोषध्यक्ष यामकुमारी खत्री, सदस्यमा झलकबहादुर कार्की र पर्ुण्ाबहादुर भाट रहनु भएको छ ।
त्यसै गरीे वडा नम्बर.५ मा पनि बेलबहादुर कार्कीको अध्यक्षतामा क्षत्री समाज नेपाल वडा इकाइ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मोहन खत्री, सचिब प्रदिप बानिया, सह सचिब सुवास बानिया, कोषाध्यक्ष हिरा कार्की, सदस्यमा दलबहादुर खत्री, मिनबहादुर खत्री, गुमा कार्की र खड्गबहादुर बानिया रहनु भएको त्यहाबाट प्रताप बानियाले जानकारी दिनुभएको  छ ।

२०६६ वैशाख २४ गते बेलुकी ७ बजे                                   प्रविण खत्री

No comments: