Thursday, May 13, 2010

घाँसा देखि लेतेसम्मका सडक अवरुद्ध

बेनी-जोमसोम सडकखण्ड अर्न्तगत मुस्ताङको घाँसा देखि लेतेसम्मको सडक अवरुद्ध भएको छ ।

बुधबार राती परेको वषर्ाका कारण सडकका विभिन्न ठाउँमा पहिरो जाने र सडक भत्कने गरेकाले बिहीबार बिहानैदेखि सडकखण्डमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

सडक अवरुद्ध बनेका कारण तिर्थयात्री, पर्यटक र र्सवसाधारण घाँसादेखि लेतेसम्म पैदलयात्रा गर्न बाध्य बनेका घाँसाका होटल ब्यवसायी लक्ष्मीप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

बिहीबार दिउँसोबाट सडक मर्मत सुरु भएको दानाबाट गोविन्द बरुवालले जनाउनुभएको छ ।

बाँदरजुङ भिरमा सडकको स्तरवृद्धी भईरहेकाले बैशाखको तेस्रो हप्तादेखि सो सडकको दाना घाँसा खण्डमा पनि सवारी साधन सञ्चालन भएका छैनन् ।

No comments: